काठमाडाैं- गोरखा-काठमाडौं सम्पर्क समन्वय समितिको निर्वाचन अवैधानिक भएकाे छ । नेकपा (माओवादी केन्द्र) काे शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेकाे पूर्व स्थायी कमिटिकाे बैठकले सम्पर्क समन्वय समितिको निर्वाचन ‘अवैधानिक’ भनेकाे हाे ।
निर्वाचन प्रकृयामा गण्डकी-काठमाडाैं सम्पर्क समन्वय समितिका इन्चार्ज चुडामणी खड्काले जालजेल पूर्णरूपमा एक्लाैटी सम्पर्क कमिटि बनाएकाे एक पक्षकाे आराेप लगाएका थिए । त्याे पक्ष खड्का विरूद्व प्रदेश सम्पर्क कमिटि मार्फत अध्यक्ष प्रचण्डसम्म पुगेकाे थियाे ।
गत बैशाख १ गते पेरिसडाँडामा भएकाे एक छलफलमा खड्काले निर्माण गरेकाे कमिटि स्थानीय निर्वाचन अघि कुनैपनि काम कार्वाहि नगर्न भनेका थिए । त्यस लगतै पूर्व स्थायी कमिटिकाे बैठकले निर्वाचित कमिटि खारेज गरि जेष्ठ सदस्यलाई संगाेजक ताेक्न प्रदेश कमिटिलाई निर्देशन दिएकाे हाे ।
चैत्र १० गते भएकाे अधिवेशनबाट अनुप श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिन् । उपाध्यक्षमा चन्दन थापा, विश्णु हरि देवकोटा, दिपेन्द्र श्रेष्ठ सचिवमा रोहित गुरुङ सह-सचिवमा सुजन लामिछने, कोषाध्यक्षमा दिपसागर थापा निर्वाचित भएका थिए । लामाे समयकाे छलफपछि निर्वाचन भएपनि ४९ जना सदस्य भने सर्वसम्मत चयन भएका थिए । अब स्थानीय निर्वाचन पछि त्यहि ४९ जनामध्येबाट कसले नेतृत्व पाउने हाे राेचक बन्ने देखिन्छ ।
समितिकाे सचिवमा निर्वाचित भएका गुरुङ सांसद खड्का निकटका हुन् । उनी सिरानचाेक गाउँपालिका सदस्य भएकाे र सम्पर्क समितिकाे सचिव पनि निर्वाचित भएकाे भन्दै निर्वाचन आयोगमा उजुरी परेकाे थियाे ।
आयोगका अनुसार सम्पर्क समिति अवैधानिक भएकाे र काम कारर्वाहि नगर्न प्रदेश कमिटि मार्फत जिल्ला कमिटिलाई निर्देशन दिएकाे बताए । सांसद खड्का फरक मत राख्नेलाई सिद्याउन खोजेको आरोपसमेत लाग्ने गरेको छ । २०७४ को निर्वाचनमा गोरखा जिल्लाको नेतृत्वमा रहेका खड्का तत्कालिन गण्डकी प्रदेशका पार्टी अध्यक्ष हितरात पाण्डेलाई हटाउदैं समानुपातिकबाट सांसद बनेका थिए । उनी सांसद बनेपछि जिल्ला पार्टी, सम्पर्क कमिटिसमेत आफ्नो इशारामा चलाएको आरोप छ ।
के भएको थियो घटना?
मंसिर २० गते गोरखा–काठमाडौं समन्वय समितिको अधिवेशन भयो। अधिवेशनले ४९ सदस्यीय समिति मात्र चयन गर्यो। विवादका कारण अध्यक्ष उपाध्यक्षसहित ७ सदस्यीय पदाधिकारी चयन हुन सकेन।
लामो समय प्रयास गर्दा पनि सहमति नजुटेपछि चैत १० गते निर्वाचन भएको थियो। निर्वाचनबाट अध्यक्ष अनुप श्रेष्ठ, उपाध्यक्ष विष्णुहरि देवकोटा, दीपेन्द्र श्रेष्ठ, चन्दन थापा सचिव रोहित गुरुङ, सहसचिव सुजन लामिछाने र कोषाध्यक्ष सागर थापा चयन भएका थिए।
तर, मतदान प्रक्रियामा अनियमितता भएको दुई दिनपछि पत्ता लाग्यो। एकजना प्रतिनिधि आयुष गुरुङको नाममा अर्कैले मत हालेको सीसीटीभी क्यामेरामा देखिएपछि नेकपा माओवादी केन्द्रको निर्वाचन कमिटीमा उजुरी पर्यो।
सचिव निर्वाचित रोहित गुरुङ सिरानचोक गाउँपालिका वडा ७ को पालिका सम्मेलनबाट वडा प्रतिनिधि चुनिएका थिए तर, अर्काे कमिटीमा बस्न नपाउने नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि छानबिन गर्न अनुशासन कमिटीमा समेत उजुरी पर्यो।
त्यही विषय विचाराधीन रहेको भन्दै पार्टीले यथास्थितिमा राखेर निर्वाचनमा होमिन निर्देशन दिएपछि कमिटीले काम गर्नै नपाउने भएको हो।माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार गोरखा–काठमाडौं समन्वय समिति काम गर्न नपाइ अवैधानिक भएको छ।
प्रतिक्रिया