+
Search

ताजा अपडेट +

पपुलर +

चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउन बाबुराम भट्टराईको प्रस्ताव

4KNationalDaily
२०७९ बैशाख २, शुक्रबार ०८:४७ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पैसा खर्च गरेर जित्ने र पछि त्यो असुल्न राज्यको दोहन गर्ने परिपाटी रहेको वास्तविकता ढाकछोप नगर्न नेताहरूलाई आह्वान गरेका छन्।

बरु यही नै भ्रष्टाचारको मुहान हो भन्ने स्वीकार गरेर चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउन प्रस्ताव गरेका छन्।

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले भनेका छन्, ‘चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं। पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं : १. तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका, २. चुनावी खर्च राज्यले बेहोर्ने।’

यही वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदै छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily