+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचन आयोगले कुलमानलाई सोध्यो स्पष्टीकरण : १ लाख जरिवाना किन नगर्ने?

4KNationalDaily
२०७९ बैशाख १, बिहीबार १९:४४ बजे

काठमाडौं– निर्वाचन आयोगले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ।

माओवादी केन्द्रले चुनावी पोस्टरमा तस्बिर समावेश गरेको विषयमा आयोगले घिसिङलाई स्पष्टीकरण सोधेको हो।

आयोगले घिसिङलाई सोधेको स्पष्टीकरणमा पहिलो प्रश्न छ– ‘तपाईंको समेत फोटो राखी नेकपा (माओवादी केन्द्र)ले चुनावी पोस्टर सार्वजनिक भएकोमा त्यसमा तपाईको सहमति रहेको हो होइन ?’

यस्तै, चुनावी पोस्टमा आफ्नो तस्बिर राखिएको विषयमा असहमति हो भने सार्वजनिक रुपमा किन आपत्त नजनाएको वा उजुरी नगरेको भनेर पनि आयोगले घिसिङलाई प्रश्न सोधेको छ।

आयोगले घिसिङलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको अवस्थामा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही हुनु नपर्ने भनेर पनि प्रश्न सोधेको छ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ मा आयोगले बनाएको आचारसंहिता पालना भए/नभएको सम्बन्धमा आयोगले आवश्यकता अनुसार संयन्त्र निर्माण गरी जाँचबुझ तथा अनुगमन गर्ने उल्लेख छ। जाँचबुझका क्रममा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिएमा आचारसंहिताको उल्लंघन रोक्न लगाउने र नरोकिएमा आयोगले १ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था ऐनमा छ।

आयोगले घिसिङलाई ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily