गाेरखा- गाेरखामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कारण सत्तारूढ चार दलीय गठबन्धन संकटमा परेकाे छ ।
माओवादी र कांग्रेसले जिल्लाका एघार स्थानीय तहमा नेतृत्व बाँडफाँड गर्दा आधा-आधा भाग लगाउनु पर्ने भन्दै जिल्ला संयन्त्रकाे बैठकमा प्रस्तृत भएपछि जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने तर्खर गरेकाे स्राेतकाे दावी छ ।
उसले जिल्लाका १२ प्रमुख/उपप्रमुख (जिल्ला समन्वय समिति)सहितमा कुनै पनि तहमा नेतृत्व नपाएमा गठबन्धनमा नबस्ने चेतावनीसमेत दिएकाे छ । माओवादीले गठबन्धनकाे बैठकमा गठबन्धनका अन्य दलसंग जिल्लामा खासै पार्टी, संगठनकाे चामसमेत नभएकाले नेतृत्व दिन नसक्ने भनेपछि जसपा जिल्ला तहका नेता गठबन्धनमा बाहिरिने तयारी गरेका छन् ।
स्राेतका अनुसार जसपाले जिल्लाकाे धार्चे, सिरानचाेक गाउँपालिका र पालुङटार नगरपालिका मागेकाे छ । याेसंगै अन्य पालिकामा सम्मानजनक सिट (वडाअध्यक्षसहित सदस्य) पाउनु पर्ने माग गठबन्धनकाे बैठकमा राखेकाे छ । गठबन्धन बैठकमा सहभागि एक नेताका अनुसार जसपालाई कुनै पनि स्थानीय तहकाे नेतृत्व दिन नसक्ने माओवादीले प्रस्ताव राखेकाे थियाे । याे प्रस्तावमा कांग्रेसले अस्विकार गरेकाे दावी छ ।
कांग्रेसले आफुले जितेकाे नाैं स्थानीय तह र जिसस पूरै छाेड्न तयार छैन । कांग्रेसका अनुसार गठबन्धनमा संग्लन दललाई केहि स्थानीय तह छाेड्ने सक्ने संकेत त गरेकाे छ । तर, पूरै छाेड्न सक्ने अवस्थामा छैन । कांग्रेस भित्रसमेत एक्ला एक्लै निर्वाचनमा जानु पर्ने र एघार वटै स्थानीय तह जित्न सक्ने पालिका पार्टीकाे रिर्पाेटिङसंगै गठबन्धनकाे बैठकमा कांग्रेस नरम भएर प्रस्तृत हुने गरेकाे छ ।
जिल्लामा गठबन्धनकाे तिनवटा बैठक बसिसक्दासमेत संख्यात्मक हिसावले छलफलसमेत हुनै सकेकाे छैन । संयन्त्रकाे बैठकमा कांग्रेस सकेसम्म माओवादीलाई फकाउने र अन्तिममा लडाँउने तयारीका साथ लागिपरेकाे स्राेतकाे दावी छ । एक बर्ष अघि नेपाल पत्रकार महासंघ, गाेरखाकाे निर्वाचनमा नेपाल भर प्रेस युनियन र प्रेस सेन्टर (संगठन)सहितकासंग तालमेल भएकाे थियाे ।
पत्रकार महासंघकाे निर्वाचनमा गाेरखा प्रेस सेन्टरकाे भागमा परेकाे भएपनि अन्तिममा युनियनले धाेका दिएकाे माओवादीको गुनासो छ । गाेरखामा युनियन र प्रेस चाैतारी (एमाले)वीच तालमेल भएकाे थियाे । पत्रकारकाे निर्वाचनमा कांग्रेसबाट हार ब्याेहाेरेकाे माओवादी फेरि कांग्रेसबाट धाेका हुने संकेत पाएकाे भन्दै ‘शंसकित’ भएकाे छ ।
कांग्रेसले गठबन्धनमा संग्लन दलसंग कम्तिमा पनि सात स्थानीय तह मागेकाे छ । यसमा उसले भन्ने गरेकाे छ- ‘जिल्लाकाे सबैभन्दा ठूलाे पार्टी हामी, हामीलाई कम्तिमा पनि ७० प्रतिशत हिंस्सा चाहिन्छ ।’ कांग्रेसलाई ७० प्रतिशत दिएर गठबन्धन गर्न नसक्ने अन्य दलले भनाई राख्दै आएका छन् ।
गठबन्धन टुट्न लागेकाे हाे ?
गाेरखाबाट प्रकाशन हुने दराैंदी पत्रिकाका अनुसार कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्याैपाने भनेका छ्न्- ‘कुन दल ठुलो, कुन सानो भनेर मान्ने विधिमध्ये निर्वाचन एउटा हो । राष्ट्रिय रुपमा नै ठूला, साना दल भनेर चुनावको परिणामलाई आधार बनाएर हेरिन्छ । गोरखाका लागि हामी ठूलो दल हौँ । २०७४ को स्थानीय निर्वाचनमा हामीले ११ मध्ये ९ वटा पालिका जित्यौँ । ९४ मध्ये ४५ वडा जित्यौँ । यो अवस्थालाई हेर्दा हामी गोरखामा पहिलो पार्टी हो । यो कुरा अन्य दलका साथीहरुले पनि स्वीकार गर्नुपर्छ । ‘
माओवादी केन्द्रका केन्द्रीय सदस्य पर्शुराम रम्तेल दुई चारदिनमा गठबन्धन कायम हुने या के हुने निश्कर्षमा पुग्ने दावी गर्छन् । भन्छन्- ‘सैद्धान्तिक रूपमाबाट मात्रै छलफल भइरहेकाे छ । संख्यात्मक रूपमा अझै छलफल भएकाे छैन। केहि समयमा हाेला ।’
गठबन्धन नै टुट्न लागिसकेकाे हाे भन्ने प्रश्नमा उनी छलफलकै क्रममा रहेकाले केहि भन्न् नसक्ने तर्क गर्छन् । ‘चार दलकाे बैठक बसिरहेकाे छ । सामान्य रूपमा मात्रै छलफल भइरहेकाे छ,’ उनले भने ‘जहाँसम्म गठबन्धनका कुरा छन्, त्याे अझै टुङ्गिसकेकाे छैन, अझै केहि समय लाग्न सक्छ ।’ उनका अनुसार अबकाे दुई चारदिनमा गठबन्धन कायम हुने या के हुने निश्कर्षमा पुग्ने उनकाे तर्क थियाे ।
जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले भनेका छन्- ‘गोरखामा ठूला पार्टीले अडान लिएकाले यो विषय निर्णयमा पुग्न नसकेको हो । कांग्रेस माओवादी लगायतका दलहरुले आफुले यसअघि जितेको ठाउँ दावी गरेकाले गठबन्धनले सिट बाँडफाँड टुङ्ग्याउन नसकेको हो । अहिले हामी वडादेखि पालिकास्तरसम्मको उम्मेदवार छनौट प्रक्रियामा छौँ । भुगोल, क्षेत्र र पार्टीको अवस्था हेरेर हामीले दावी गरे अनुसारका विषयमा छलफल गर्न हामी तयार छौँ । तर ठूला दलहरु टसमस हुने अवस्था देखिँदैन । त्यो भएर गठबन्धनको छलफल अघि बढेको छैन ।हामीले पालुङटार नगरपालिकाको मेयरसहित तीनवटामा प्रमुख र तीनवटामा उपप्रमुख माग गरेका छौँ । ९४ मध्ये २५ वटा वडा र हरेक वडामा सदस्य गरी एकसय जना दावी गरेका छौँ । यो अनुसार गठबन्धनमा हामीले हाम्रो प्रस्ताब राखेका छौँ । तर यो बारेमा कुरा अघि बढेको छैन ।‘
प्रतिक्रिया