गाेरखा- भिमसेन थापा गाउँपालिका-१, घ्याम्पेसाल र सिरानचाेक गाउँपालिका-५, छाेप्राकमा बृहत ‘निशुल्क दन्त शिविर’ हुने भएको छ ।
घ्याम्पेसाल सामुदायिक अस्पतालकाे आयोजनामा घ्याम्पेसाल र छोप्राकमा दन्त शिविर हुने भएको हाे ।
चैत्र १८ गते शुक्रवार घ्याम्पेसालमा र १९ गते शनिबार छोप्राकमा शिविर आयोजना गरिने अस्पतालले जनाएको छ ।
काठमाडौंको ओम समाज डेन्टल अस्पतालको प्राबिधिक सहयोगमा हुने शिविरमा दाँत सम्बन्धि सम्पुर्ण उपचार हुने र उपचार सम्भव नभएमा ओम समाज डेन्टल अस्पतालमा बिशेष छुट हुने अस्पतालले जनाएकाे छ ।
घ्याम्पेसाल बजारमा अवस्थित १५ बेडको घ्याम्पेसाल सामुदायिक अस्पतालले आफ्नो निर्माण कार्य सकेर संचालनमा आउने तरखरमा रहेकाे समयमा दन्त शिविर गर्न लागेकाे हाे ।
प्रतिक्रिया