+
Search

ताजा अपडेट +

पपुलर +

निर्वाचनकाे मुखमा गाेरखाका डीएसपीको सरुवा !

4KNationalDaily
२०७८ चैत्र १५, मंगलवार १९:३६ बजे

गाेरखा- जिल्ला प्रहरी कार्यालय, गाेरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालको सरुवा भएकाे छ । स्थानीय निर्वाचनकाे मुखमा उनकाे सरूवा भएकाे हाे ।

केहि समय अघिदेखि विदामा बसेका डीएसपी दाहालकाे सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई, रामशाह पथमा काठमाडाैंमा सरूवा भएको हो ।

गाेरखामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, राेतहटमा कार्यरत डीएसपी लीलाराज लामिछाने आउने भएका छन् । डीएसपी दाहाल गाेरखा आएपछि पूराना मुद्दाहरूकाे खाेजनीति गर्दै फरार अभियुक्त प्रकाउ गर्न सफल भएका थिए ।

प्रहरी संगठन भित्र काविल अफिसरका रूपमा चिनिएका दाहाल निर्वाचनकाे मुखमा विदामा बस्नुका कारण भने सार्वजनिक भएकाे छैन । सुरक्षा स्राेतका अनुसार पछिल्लाे समय गाेरखामा माैलाएकाे बालुवा तस्करहरू समात्न खाेज्दा उनकाे सरूवा गर्ने धम्की दिएपछि विदामा बसेकाे चर्चा छ ।

प्रहरी प्रधान कार्यालयले गएराति उनीहरूको सरुवा गरेको हो । सरुवा भएका डीएसपीहरूलाई चैतदेखि नै खटाएको ठाउँबाटै तलबभत्ता खाने व्यवस्था मिलाइएको छ ।

आगामी वैशाख ३० गते स्थानीय निर्वाचको मिति तय भइसकेको छ । चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले व्यापकरूपमा सरुवा, बढुवा गरिरहेको छ ।

याे पनि,

गाेरखाका एसपी शेखर खनालकाे सरुवा, जिल्लामा केदार खनाल आउँदै

गाेरखा प्रहरीकाे अभियान : १४ दिनमा ५५ फरार अभियुक्त पक्राउ, ११ लाख जरिवना असुल

लाप्राकमा होटल व्यवसाय, खेती अवैध चरेस

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily