गोरखा– स्थानीय तह निर्वाचनमा गोरखामा २ लाख १८ हजार ५६३ जना मतदाता कायम भएका छन् । महिलाको सङ्ख्या १ लाख १० हजार ३०३ रहेको छ भने पुरुषको सङ्ख्या १ लाख ८ हजार २६० रहेको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ को स्थानीय तहको मतदाता सङ्ख्या १ लाख ८९ हजार ४ सय ४८ थिए । आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार जिल्लाको मतदाता सङ्ख्या २९ हजार ११५ जना थपिएका छन् ।
आयोगले वैशाख १९ गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा सूचित गरेको छ। यो पटक निर्वाचनमा मतदान स्थल सङ्ख्या २१५ रहेको छ। भने, मतदान केन्द्र ३२१ कायम हुनेछन्।
एघार स्थानीय तह रहेको गोरखामा सबैभन्दा बढी मतदाता गोरखा नगरपालिकामा रहेका छन् । गोरखा नगरपालिकामा ३५ हजार ३१ जना मतदाता रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा गोरखा नगरको जनसङ्ख्या ३० हजार ६ सय २६ मतदाता रहेका थिए । गोरखा नगरपालिकामा २५ मतदान स्थल र ४६ मतदान स्थल कायम भएको छ ।
सबैभन्दा कम मतदाता चुमनुव्री गाउँपालिकामा रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा ४ हजार २ सय ६२ रहेकोमा ५ हजार २ जना कायम भएका छन् । चुमनुव्रीमा पुरुष मतदाताको सङ्ख्या २ हजार ५६ रहेका छन् भने महिलाको सङ्ख्या २ हजार ५५६ कायम भएका छन् । चुमनुव्रीमा २३ मतदान स्थल र ४२ मतदान केन्द्र निर्धारण भएको छ ।
अजिरकाेटमा १२ हजार ५९२ मतदाता कायम भएका छन् भने १५ मतदान स्थल र २० मतदान केन्द्र कायम भएका छन् । यहाँ महिला मतदाताको सङ्ख्या ६ हजार १९४ छन् भने पुरुष मतदाताको सङ्ख्या ६ हजार ३९८ छन् ।
गण्डकी गाउँपालिकामा १८ हजार ५८१ मतदाता छन् । मतदान स्थल २० रहेको गण्डकीमा मतदान केन्द्र २५ रहेको छ । सहिद लखन गाउँपालिकामा २० हजार ८ सय ७९ रहेकोमा बढेर २३ हजार ६१७ मतदाता कायम भएका छन् । १९ मतदान स्थल रहेको गण्डकीमा २५ मतदान केन्द्र कायम भएको छ ।
१८ मतदान स्थल र २६ मतदान केन्द्र रहेको आरुघाट गाउँपालिकामा १५ हजार ९ सय ७७ मतदाता थिए । पछिल्लो समय गण्डकीको मतदाता बढेर १८ हजार ५३१ मतदाता कायम भएका छन् । धार्चे गाउँपालिकामा ८ हजार ९ सय ७९ मतदाता रहेकोमा बढेर १० हजार ८८६ कायम भएका छन् ।
पालुङटार नगरपालिकामा ३२ हजार ५९६ मतदाता कायम भएका छन् भने यहाँ २३ मतदान स्थल र ४३ मतदान केन्द्र रहेका छन् । भीमसेन थापा गाउँपालिकामा १८ मतदान स्थल र २४ मतदान केन्द्र रहेकोमा १९ हजार ७२२ मतदाता कायम भएका छन् ।
२१ हजार ३१८ मतदाता कायम भएको सिरानचाेक गाउँपालिकामा २३ मतदान स्थल र ३० मतदान केन्द्र कायम भएका छन् भने बारपाक-सुलिकाेटमा २० हजार ४९२ मतदाता कायम भएका छन् । १९ मतदान स्थल र २९ मतदान केन्द्र बारपाक-सुलिकाेटमा कायम भएका छन् ।
११ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए
स्थानीय चुनावका लागि निर्वाचन आयोगले गोरखामा मुख्य निर्वाचन अधिकृत र पालिकाहरूमा निर्वाचन अधिकृत तोकेको छ । चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
गोरखा लागि र जिल्लाको मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश दिनबन्धु बराललाई जिम्मेवारी तोकिएको छ । पालुङटारका लागि गोकर्णराज पन्त, अजिरकोटका लागि सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, आरुघाटका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव श्रीधर गौतम, गण्डकीका लागि वन तथा वातावरण मन्त्रालयका उप सचिव वासुदेव रेग्मी, चुमनुब्रीका लागि जिल्ला समन्वय समिति, गोरखाका प्रमुख नानीबाबु पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
धार्चेका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव निराजकुमार खत्री, शहीद लखनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँका उप सचिव जीवनप्रसाद आचार्य, सिरानचोकमा सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपानेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उप सचिव शेषकान्त पौडेललाई तोकिएको छ ।
याे पनि,
स्थानीय निर्वाचनको रौनक : गोरखामा कुन तहमा को बलियो ?
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?
प्रतिक्रिया