+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा पुगेर प्रचण्डले भने- बैशाखी टेकेर जितौंला भन्ने होइन, आफ्नै खुट्टामा उभिने हो

4KNationalDaily
२०७८ चैत्र ६, आईतवार ०९:०० बजे

पाेखरा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‍’प्रचण्ड’ले स्थानीय तहको चुनावमा गठबन्धनको बैशाखी टेकेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।

आइबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले गठबन्धनभन्दा पनि माओवादी आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘निर्वाचनमा एक्लै जाने कि गठबन्धन गरेर जाने भन्ने विषय पनि उठ्ने गरेको छ। वडादेखि नै गठबन्धन होला र जितौंला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो। तर पनि हामीले अन्य दलका पार्टीका नेताहरुसँग गठबन्धन गर्नेमा केही छलफल हुदैन ।’

प्रचण्डले एमसीसी गहन अध्ययन र छलफलपछि मात्रै पास गरिएको पनि बताए । उनले भने, ‘एमसीसीको विषयमा गहन अध्ययन गर्नुपर्ने भएकाले झलनाथ खनालको नेतृत्वमा संसोधन गरेर अगाडि बढ्न सकिन्छ भन्ने छलफलपछि नै एमसीसी पारित भएको हो ।

अन्तर्राष्ट्रिय कानुनका विज्ञहरुको सुझावपछि व्याख्यात्मक घोषणासहित पास गर्ने उपाय निकालेका हौँ । अमेरिकाले पनि सिद्धान्ततः स्वीकार गरेको छ । यदि अमेरिकाले अस्वीकार गर्यो भने हामीले हात उठाउँन सक्छौँ ।’

उनले आफ्नै पार्टीभित्र एमसीसीको विषयमा असन्तुष्ट नेताहरुसँग निर्वाचनपछि छलफल गर्ने पनि उल्लेख गरे ।

उनले भने, ‘चुनावपछि पार्टीभित्र एमसीसीको कारण असन्तुष्ट नेताहरुसँग छलफल गर्नेछौँ । तर, अहिले देश निर्वाचनमा गइसकेकाले हामी फेरि एकजुट भएर निर्वाचनमा जुटिसकेका छौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily