गाेरखा– जिल्ला प्रहरी कार्यालय, गाेरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालकाे सरुवा भएकाे छ । उनकाे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी शाखामा सरूवा भएकाे हाे ।
प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे सचिवलायबाट फागुन १४, २०७७ गाेरखा आएका खनालको एक बर्षमा सरूवा भएको हो ।
बागमती प्रदेश प्रहरी गण, हेटौंडामा कार्यरत एसपी केदार खनाल गोरखा आउने भएका छन् । उनी जिल्लामा प्रहरी निरिक्षकका रूपमा काम गरिसकेका प्रहरी अधिकृत हुन् ।
२०७२ काे भुकम्पअघि गाेरखासहितका १४ जिल्लामा प्रहरी नायव उपरीक्षककाे कमाण्डमा जिल्ला प्रहरीकाे नेतृत्व थियाे । भुकम्पपछि जिल्लामा पहिलाे पटक एसपीकाे नेतृत्वमा प्रहरीकाे कमाण्ड सुरू भएकाे हाे ।
जिल्लामा गिट्टी ढुङगा तथा घाट गद्दीमा जथाभावी उत्खननमा विभिन्न समुहकाे स्वार्थमा भएकाे भन्दै विराेध हुदैं आएकाे छ । तर, प्रहरीले स्थानीय तहकाे अधिकार क्षेत्र भन्दै फन्छिदैं आएकाे छ । पछिल्लाे समय दराैंदी नदी, चेपे नदी, बुढिगण्डकी नदीका साथ मर्स्याङ्दी नदीमा अवैध दाेहनका घटना बढेकाे छ ।
उत्तरी गोरखाका नुङईला नाका र रुइला नाकाबाट विभिन्न खालका तस्करी नियन्त्रण नै उनकाे मुख्य चुनाैती हाे । त्सयमा पनि अबैध सुन ओसार-पोसार, विभिन्न प्रकारका बन्यजन्तुका छाला तथा जडिबुटि तस्करी रोक्नुपर्ने उनको मुख्य जिम्मेवारी रहने छ ।
अझ उनको कार्यकालमा स्थानीय तहकोसमेत निर्वाचन हुने सम्भावना कायम नै छ । स्थानीय तहको निर्वाचन हुन करिब ७० दिन मात्र बाँकि रहेकाे समयमा उनकाे गाेरखा सरूवा भएकाे हाे ।
प्रतिक्रिया