+
Search

ताजा अपडेट +

पपुलर +

विचौरमा १५ शय्याको अस्पताल, निर्माण कार्य तीव्र

4KNationalDaily
२०७८ फाल्गुन ६, शुक्रबार १५:५० बजे

तस्बिर : अजिरकाेट गाउँपालिकाकाे काेभिड अस्पाल

लमजुङ- लमजुङकै विकट दुधपोखरी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका – २ विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो ।

दुधपोखरी गाउँपालिकाको विचौर स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउन लागिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ‘एक स्थानीय तह एक अस्पताल’ निर्माण गर्ने व्यवस्थाअनुसार गाउँपालिकाले अस्पताल निमार्ण कार्यलाई तिव्रता दिएको गाउँपालिकाकाअध्यक्ष छुपिमाया गुरुङले बताइन् ।

स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शय्याको अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । अस्पताल भवन निमार्णका लागि हिम सगरमाथा र गौरीपार्वती कन्ट्रक्सनसँग गत असारमा सम्झौता भएको हो ।

दुई वर्षमा निमार्ण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार तीन ६६९ रुपैयाँमा सम्भौतामा भएको अस्पताल भवन निमार्ण कार्य गत कात्तिकबाट सुरु भएको हो ।

गाउँमा अस्पताल निर्माण गर्न थालेपछि स्थानीय उत्साहित भएको दुधपोखरी-२ का वडा अध्यक्ष गोविन्द दवाडीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily