+
Search

ताजा अपडेट +

पपुलर +

अब खल्तीबाटै ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

4KNationalDaily
२०७८ फाल्गुन ४, बुधबार १३:४९ बजे

काठमाडाैं- नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारीसाधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको गरेको छ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न सुरु गरेको हो।

अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए पनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइनेछ।

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ ।

यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली (टि यम आइ यस्) को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन्–

खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको ‘ब्लुबुक रिन्यु’मा नवीकरणमा ट्याप गर्नुहोस्।
आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस्।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लागेका महानुभावहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एपमै उपलब्ध गराइएको छ।

भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराइने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती बाटै प्राप्त गर्नेछन्।

खल्ती होमपेजको ट्रान्ज्याक्सनमा गई दुवै बिल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। थप प्रक्रियाको लागि तपाईले ३० दिनभित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्न कम्पनीको आग्रह छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily