गोरखा– सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । जसअनुसार २०७८ वैशाख ३० गत्ते स्थानीय तहको निर्वाचन हुने छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै चुनावको सगर्मी गाउँ–गाउँमा तात्न थालेको छ । प्राय सबै स्थानी तहहरुमा उमेद्धवारको चर्चा परिचर्चा हुन थालिसकेको छ ।
त्यसबाट गोरखा जिल्ला पनि अछुतो छैन । गोरखाका स्थानीय तहहरुमा उमेद्धवारको आकाङ्क्षीहरु देखिन थालेका छन् । प्राय जसो स्थानीय तहहरुमा पुरानै अनुहारहरु उमेद्धवारको आकाङ्क्षी देखिएता पनि गण्डकी गाउँपालिकामा भने यति बेला नेकपा (माओवादी केन्द्र)को तर्फबाट युवा नेता जीवन गुरुङको चर्चा चल्न थालेको छ ।
हाल गण्डकी गाउँपालिका वडा न ६ को वडा अध्यक्ष समेत रहेका उनी युवा पिढीमा निकैनै लोकप्रिय नेताको रुपमा स्थापित छन् । हाल गाउँपालिकामा रहेका ८ वटा वडा अध्यक्षहरु मध्ये सबैभन्दा राम्रो परिणाममुखी काम गर्ने वडा अध्यक्षको अग्रस्थानमा उनी रहेको कुरा गाउँपालिकाकै अन्य राजनीतक दलका वडा अध्यक्षहरु र कर्मचारीहरुले समेत स्विकार गर्दै आएका छन् ।
माओवादीले संञ्चालन गरेको १० वर्षे जनयुद्धमा प्रत्यक्ष्य रुपमा जनमुक्ति सेनामा रहेर काम गरेका गुरङले सेना समायोजको क्रममा स्वेच्छिक अवकास रोजेका थिए । अवकास पछि मुलधारको राजनीतिमा लागेका गुरुङले गत स्थनाीय निर्वाचनमा अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए ।
उनकाे ५ वर्षे कार्यकालमा काम मार्फत आफूलाई स्वच्छ छवि भएको नेताको रुपमा स्थापित गरिसकेका छन् । अर्काे तर्फ गाउँपलिकामा पार्टी भित्र अन्य स्थनाीय नेताहरुको भन्दा उनको मत, प्रभाव र लोकप्रियता राम्रो भएकाले उनलाई अध्यक्ष पदको उमेद्धवारी बनाउनु स्थानीय कार्यक्रताहरु समेत एक मत रहेका छन् ।
हालसम्म कुनै पनि विवादमा नआएका गुरुङको आर्थिक पारदर्शीता, जिवनशैली, काम गर्ने जोस र युवा उमेरका कारण पछिल्लो समय जनता तथा कार्यकर्ताहरुको आँखाको नानि बन्न सफल भएका छन् । विपक्षी दलले समेत पछिल्लो समय गुरुङको कार्यशैलीको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रंशशा गर्ने गरेका छन् ।
याे पनि,
फर्केर हेर्दा स्थानीय निर्वाचन २०७४ : गाेरखाका कुन स्थानीय तहमा कस्तो नतिजा, अब कस्ताे हाेला ?
प्रतिक्रिया