+
Search

ताजा अपडेट +

पपुलर +

नगरपालिकाको गाडीमा मेयर पन्तको मनपर्दि, कार्यकर्ता बोकेर हिउँ खेल्न ‘सररर’…

लीलाधर काेइराला
२०७८ माघ २२, शनिबार २२:१७ बजे

गोरखा– सरकारी गाडीको दुरुपयोग गर्दै बिदाको दिन गोरखा नगरपालिकाका मेयर राजनराज पन्त जिल्लाको अजिरकोट क्षेत्रमा हिउँ खेल्न पुगेका छन् । ग १ झ २९० नम्बरको नगरपालिकाको गाडी दुरुपयोग गर्दै मेयर पन्त बिदाको दिन सरकारी गाडी लिएर अजिरकोट हिउँ खेल्न गएका हुन् ।

बिदाको दिन सरकारी गाडीको दुरुपयोग गर्दै मेयर पन्तसहित नगरपालिका उपमेयर विना कुमारी श्रेष्ठको श्रीमान् रामस्वरूप श्रेष्ठ, कांग्रेसका नेताहरू प्रकाशचन्द्र श्रेष्ठ, वसन्त बस्नेतसहितको दलबलको टोली हिउँ खेल्न अजिरकोट क्षेत्रको सिरानडाँडा, नम्कि पुगेका हुन् ।

उनी शनिवार आफू निकट कांग्रेसका युवाहरूको साथमा दलबलसहित उक्त स्थानमा पुगेका हुन् ।

बिदाको दिन सरकारी गाडी लिएर अन्तरपालिका तथा अन्तर जिल्ला जानु परेमा जिल्ला प्रशासन कार्यालय, गोरखाबाट अग्रिम अनुमति लिनुपर्ने नियम छ । प्रशासन स्रोतका अनुसार मेयर पन्तले अहिलेसम्म एक पटक पनि बिदाको दिन सवारी चलाउन अनुमति लिएका छैनन् । कार्यालयका एक अधिकृत भन्छन्- मेयर सा’पले अहिलेसम्म सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन हामीसँग अनुमति लिनु भएको रेकर्डमा छैन ।’

वरियतामा प्रमुख जिल्ला अधिकारी (सीडीयाे) भन्दा मेयर सिनियर हुन्छन् । त्यसैले मेयर पन्तले आफ्नो पदीय रवाफ देखाँउदैं कानुन र सरकारी मापदण्डको धज्जी उडाएर सार्वजनिक बिदाको दिनमा पनि प्रशासनको अनुमति विना नै नगरपालिकाको गाडी चलाउने गर्छन् । त्यति मात्रै होइन, नगरपालिका एक कर्मचारीका अनुसार मेयर पन्तले कांग्रेसका पूर्व सभापति हरिबहादुर घलेलगायतका नेताहरूलाई विभिन्न ठाउँमा पनि ओसार-पाेसार गर्न सो गाडी उपलब्ध गराउने गर्छन् ।

अझ मेयर पन्त चढ्ने गाडीका सिसा अर्ध कालो रङ्गको छ । यो झन् सरासर नियम विपरीत भएको जिल्लाका सुरक्षा अधिकृतहरू बताउँछन् । जिल्लामा कालो सिसा वाला सरकारी तथा प्राइभेट कारको बिगबिगी रहेको उनीहरूको दाबी छ ।

सार्वजनिक बिदाको दिन नगरपालिका भित्रको सार्वजनिक कार्यक्रम बाहेक सरकारी सवारीको प्रयोग गर्न नपाइने सुरक्षा स्रोतको दाबी छ । तर सार्वजनिक विद्याको दिन नगरपालिकाको काम बाहेक अन्य काममा सरकारी सवारी साधन प्रयोग भएको पाइएमा नियन्त्रणमा लिन पाउने जिम्मा भने ट्राफिक प्रहरीलाई रहेको छ ।

नेपाल सरकारको वरियता क्रममा प्रमुख जिल्ला अधिकारी भन्दा मेयर माथि हुन्छन् । त्यसैले पनि मेयरले सीडीयोसँग अनुमति माग्ने कुरै भएन । यस विषयमा जानकारी लिन खोज्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय खुलेर बोल्न चाहेनन् ।

याे पनि,

गोरखा नगरपालिकामा मेयर पन्तको रजाई*, पुरस्कारको नाममा आसेपासेलाई सम्मान !

नगरपालिकाकै मिलेमतोमा ‘लुदिखोला घाट’मा उत्खनन्

ठेकेदार सांसद र मेयर ‘कनेक्सन’ : संरक्षणको नाममा अवैध उत्खनन्, जोखिममा दरौँदी पुल

मेयर पन्तका चार बर्ष : कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न सकिन

आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका

१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्ष देखि स्टोरमै थन्कियो

नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’

दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार

सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका

दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन

दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड

गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान

गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’

अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला