+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु : २५ सय संक्रमित थपिए, ८४२५ जना निको

4KNationalDaily
२०७८ माघ २१, शुक्रबार १६:२१ बजे

काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टाभित्र दुई हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट ६६ सय ५५ नमुना परीक्षण गरेको थियो। त्यस्तै एन्टिजेन विधिबाट ४४ सय १८ परीक्षण भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १६ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार शुक्रबार आरटी पीसीआर विधिबाट १६ सय २ जना र एन्टिजेन विधिबाट ९२४ जनामा कोरोना पुष्टि भएको हो।

यही अवधिमा थप ८ हजार ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हाल नेपालमा ५६ हजार ४५७ जना सक्रिय संक्रमित रहेका छन्।

उपत्यकामा थपिए ७४५ संक्रमित

यस्तै काठमाडौं उपत्यकामा शुक्रबार थप ७४५ जनामा कोरो संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कास्कीमा १०२, मोरङमा ८५, चितवनमा ६२, सुनसरीमा ५७, झापामा ४० र रुपन्देहीमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ३२, बाँकेमा २७, बागलुङमा २५, काभ्रेपलाञ्चोकमा २४, नवलपरासी पुर्वमा २१ र बारामा २० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily