+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको जनसंख्या २ लाख ५२ हजार, १० वर्षमा झण्डै १९ हजार घट्यो

लीलाधर काेइराला
२०७८ माघ १३, बिहीबार १९:४५ बजे

गोरखा– गोरखाका ११ स्थानीय तहमा महिलाको भन्दा पुरुषको जनसङ्ख्या न्यून रहेको पाइएको छ ।

बुधवार सार्वजनिक गरेको भएको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाका सबै स्थानीय तहमा महिलाको तुलनामा पुरुषको जनसङ्ख्या थोरै रहेको पाइएको हो । जनगणना अनुसार जिल्लाको आरुघाट गाउँपालिकामा महिला ११ हजार ४६७, पुरुष १० हजार ४०९ रहेको पाइएको छ ।

अजिरकोट गाउँपालिकामा महिला ६ हजार ६१३ रहेको छ भने पुरुष ६ हजार ३८९, भीमसेन थापा गाउँपालिकामा महिला ९ हजार २९९, पुरुष ७ हजार ८१९, चुमनुव्री गाउँपालिकामा महिला ३ हजार ५४९, पुरुष ३ हजार २४० जना रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै धार्चे गाउँपालिकामा ७ हजार ५३८ जना महिला, ७ हजार २५ जना पुरुष, गण्डकी गाउँपालिकामा ११ हजार २४८ जना महिला, १० हजार ४१४ जना पुरुष, गोरखा नगरपालिकामा २८ हजार ६ जना महिला, २५ हजार २७९ जना पुरुष, पालुङटार नगरपालिकामा १९ हजार ८४३ जना महिला र १७ हजार ४३१ जना पुरुष रहेको प्रारम्भिक तथ्याङ्कमा जनाइएको छ ।

त्यस्तै सहिद लखन गाउँपालिकामा ११ हजार ९३७ जना महिला, १० हजार ४९२ जना पुरुष, सिराचोक गाउँपालिकामा १० हजार ४७७ जना महिला। ९ हजार ३५२ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकामा १२ हजार ३०१ जना महिला र १० हजार ९२१ जना पुरुष रहेको जनाइएको छ ।

गोरखा नगरपालिकामा धेरै, चुमनुव्रीमा कम

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै जनसङ्ख्या गोरखा नगरपालिकामा र सबैभन्दा कम हिमाली क्षेत्रको चुमनुव्रीमा रहेको छ । गोरखाको जनसङ्ख्या ५३ हजार २८५ रहेको छ भने चुमनुब्रीको ६ हजार ७८९ रहेको छ । पालुङटारको जनसङ्ख्या ३७ हजार २७४ रहेको छ ।

बारपाक सुलीकोटमा २३ हजार २२२, शहीद लखनमा २२ हजार ४२९, आरुघाटमा २१ हजार ८७३ र गण्डकीमा २१ हजार ६६२ जनसङ्ख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सिरानचोकमा १९ हजार ८२९, भीमसेन थापामा १७ हजार ११८, धार्चेमा १४ हजार ५६३ र अजिरकोटमा १३ हजार २ जनसङ्ख्या रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

जिल्लाका कुल जनसङ्ख्याको १.०६ प्रतिशत अर्थात् २३ हजार ३५ जना विदेश रहेको कार्यालयले जनाएको छ । तीमध्ये १९ हजार पुरुष र ४ हजार ३५ महिला छन् । गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जिल्लामा जनगणना भएको थियो । जनगणनाका लागि जिल्लाभर चार सय गणक खटिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला