गाेरखा- गोरखा नगरपालिका-१३, अवुवा स्थित लुदीखोला दोभान क्षेत्रमा दाहसंस्कार गर्ने घाट मासेर नदीजन्य पदार्थको उत्खनन् भइरहेको समाचार सार्वजनिक भएपछि नगरपालिका पछि हटेको छ ।
बिहीबार नगरपालिका सव. इन्जिनियर कपिल कोइराला, वडा न १३ का वडाध्यक्ष हरि बहादुर खनाल, कर्मसिङफाँट टोल विकासको बैठकपछि घाटमा उत्खनन रोकिएको हो ।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ मा उत्खनन गर्दा सडक, वन, खोलानालाको किनारा, घाट, पुललाई कुनै हानी नोक्सानी गर्न नमिल्ने उल्लेख छ । त्यस्तै, नगरपालिकाले निर्माण गरेको ‘प्रारम्भिक वातावरणीय परीक्षण’ (आईईई) मा पनि सो कुरा उल्लेख छ ।
तर नगरपालिकाका मेयर राजनराज पन्त र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको मिलेमतोमा कानुन मिचेर दराैंदी नदी दोहन गरिरहेका छन् । अझ उनीहरूलाई जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वयन समिति (जिसस)का सभापति अशोक कुमार गुरुङले अप्रत्यक्ष सहयोग गरिरहेका छन् ।
नदीजन्य पदार्थको ठेक्का लगाउँदा स्थानीय जनप्रतिनिधि, सरोकारवालाको संयुक्त छलफलबाट गर्नुपर्नेमा नगरपालिका मेयर पन्त र प्रशासकीय अधिकृत पन्तको मिलेमतोमा दराैंदी नदीमा दोहन गरिरहेका छन् । २०७४ चैत्र १७ गतेबाट यता दराैंदी नदी र अन्य खोलामा अनुगमन समितिले अनुगमनसमेत गरेको छैन ।
नगरपालिकाले सो क्षेत्रबाट १ हजार ९ सय ५० घन मिटर नदीजन्य पदार्थ उत्खनन् गर्न पुस २१ गते ठेक्का सम्झौता भएको गरेको थियो । लगातार दुई पटकसम्म ठेक्का आह्वान गरेको नगरपालिका तेस्रो पटक पाँचलाख भन्दा तलका ठेक्का भएकाले मेयर पन्त र प्रशासकीय अधिकृत पन्तले आफू निकटका व्यवसायीलाई दिलाएका हुन् ।
मेयर पन्त नेपाली कांग्रेसका महासमिति सदस्य हुन भने अधिकृत पन्तको घर तनहुँ हो । ठेक्का पाएका कुपिलाल गुरुङ तरुण दल तनहुँका नेतासमेत हुन् । तर ठेकेदार कम्पनीले मापदण्डलाई लत्त्याउँदै घाट क्षेत्रमा जेसीभीको प्रयोग गरी उत्खनन् गरेको हो ।
स्थानीयबासीले विरोध गरेपछि वडा नं. १३ को कार्यालयले पनि घाटमा उत्खनन गर्न रोक लगाउन आग्रह गरेको छ । शुक्रवार वडा कार्यालयले नगरपालिकालाई पत्र लेख्दै सो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र विक्री वितरणलाई बन्देज लगाउन भनिएको छ ।
लुदिखोला दोभानघाट क्षेत्रमा भइरहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को उत्खनन, संकलनले अँवुवा कमंसिह टोल, वनदेवी सामुदायिक वन क्षेत्र, दरौदी मोटरेबल पुल लगायतलाई जोखिम पार्ने हुँदा उक्त क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरणलाई पुर्णरुपमा बन्देज लगाउन लगाउनुपर्ने सो पत्रमा उल्लेख गरिएको छ ।
तर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्त भने नियमअनुसार नै उक्त घाटमा ठेक्का लगाएको दाबी गर्छन् । ‘नगरपालिकाले ठेक्का लगाएको हो, दुई-तीन जनाले विरोध गर्दैमा उत्खनन रोकिँदैन‚’ उनले भने, ‘नगरपालिकाले ठेक्का लगाएको ठाउँमा काम गर्न नदिने भन्ने हुँदैन ।’ स्थानीयले रोक्न नमिल्ने भन्दै काम अघि बढ्ने उनले बताए ।
@palikalivenp नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त भन्छन्- ‘नगरपालिकाले ठेक्का लगाएको हो, दुई-तीन जनाले विरोध गर्दैमा उत्खनन रोकिँदैन’
याे पनि,
नगरपालिकाकै मिलेमतोमा ‘लुदिखोला घाट’मा उत्खनन्
ठेकेदार सांसद र मेयर ‘कनेक्सन’ : संरक्षणको नाममा अवैध उत्खनन्, जोखिममा दरौँदी पुल
मेयर पन्तका चार बर्ष : कम्युनिष्टकाे असहयोगले नगरपालिकाको बिकास गर्न सकिन
आर्थिक अनुशासन र नियम कानुनकाे धज्जी उडाँउदै गाेरखा नगरपालिका
१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्ष देखि स्टोरमै थन्कियो
नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’
दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार
सार्वजनिक सुनुवाई विना घाटगद्दी ठेक्का लगाउँदै गोरखा नगरपालिका
दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन
दराैंदीमा अवैध दाेहन, अलपत्र गोरखा-आरुघाट सडकखण्ड
गोरखामा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान
गोरखाका मेयरलाई गिज्याईरहेको ‘गोरखा गेट’
अवुवा क्षेत्रमा अबैध सालका रूख कटान : दोषी उम्काउन मेयरको दवाव
प्रतिक्रिया