जहाँ पनि सजिलै पाइने स्वादिष्ट फल हो मेवा । मेवा खादा मिठो हुने मात्र होइन यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हामिले मेवा खाएका छौ तर मेवाको पात भने खाएका छैनौ होला ।
हेर्दा सामान्य लाग्ने मेवाको पातमा पनि धेरै औषधिय गुण हुन्छन् । हामिले मेवाको जुस बनाएर पिउने गरेमा यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ। धेरै रोगबाट बचाउन मेवाको पातले सहयोग गर्छ । मेवाको पातको जुस बनाएर पिउदा धेरै रोगबाट पनि छुटकारा पाउन सकिन्छ ।
यसको सेबन गर्नाले क्यान्सर कोषलाई बढ्न दिदैँन, यसको क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसको सेबन गर्नाले शरीरको इम्यूनिटी बढाउछ जसले इन्फेक्शन हुनबाट बचाउँछ ।
यसले डेंगू र मलेरियासँग लड्न सहयोग गर्छ । यदि महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्छ भने यसको सेबनले दुखाइबाट बचाउछ।
मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर पिउनाले महिनावारीको दुखाइ कम हुन्छ । मेवाको पातको जुस पिउनमले रगतको मात्रा बढाउछ।
प्रतिक्रिया