+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा लकडाउनको झल्को, प्रशासनले जारी गर्‍यो १८ बुदें आदेश

4KNationalDaily
२०७८ पुष २८, बुधबार २०:३३ बजे

गाेरखा- जिल्ला प्रशासन कार्यालय, गाेरखाले जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेश जारी गरेको छ । गृहमन्त्रालयको परिपत्रअनुसार प्रशासनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले गाेरखामा २५ जनाभन्दा बढी भेला हुन नदिने गरी आदेश जारी भएको बताए ।  २८ पुस राती १२ बजेपछि आर्काे आदेश नभएसम्मका लागि प्रशासनले विभिन्न १८ बुदे आदेश जारी गरेकाे छ ।

बुधवार प्रशासन कार्यालयमा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक र जिल्ला बिपद् ब्यवस्थापन समितिको बैठकले उक्त निर्देशन जारी गरेकाे हाे ।  जारी निर्देशनमा सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक सेवा लिदा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला जादा कार्ड वा मोबाइलमा राखिएको कार्डको फोटो देखाउनुपर्ने छ ।

विश्वविद्यालय, क्याम्पस लगायतका सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरेर जेड आकारमा बसाइ व्यवस्थापन गरि सञ्चालन गर्न सकिने उल्लेख छ ।

बुधबार जिल्ला प्रशासन कार्यलयमा सेवा लिन आएका सेवाग्राहीकाे भिड

परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य र भौतिक दुरीको प्रावधान कडाइका साथ पालना गर्न भनिएको छ । जिल्लाका सरकारी कार्यालय, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थामा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।

सार्वजनिक तथा निजी सवारीमा सिट क्षमता बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य मास्क लगाउने, ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र हरेक दिन सवारी निसंक्रमण गरेर चलाउन सकिने उल्लेख छ ।

स्थानीय तह तथा जिल्लाका अस्पतालहरुमा आइसोलेसन तयारी अवस्थामा राख्न अनुरोध गरेको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोग, भौतिक दुरी लगायतका स्वास्थ मापदण्ड पालना गराउन जनचेतना फैलाउने तथा उपचारलाई प्रभावकारी बनाउन अपिल गरेको छ ।

@palikalivenp

जिल्ला प्रशासन कार्यालय गाेरखामा सेबाग्राहीकाे भिड, कोभिडको संक्रमण वृद्धि हुँदै गइरहेको भएपनि गाेरखामा सेवाग्राहीकाे भिड देखिएकाे हाे । #gorkha

♬ original sound – Gorkha Sandesh – Palika Live

तर, बुधबार प्रशासन कार्यलय गाेरखामा सेवाग्राहीकाे भिड लागेकाे थियाे । जिल्लामा मतदाता नामवलीदेखि विभिन्न सेवा लिन आएकाकाे भिड रहेकाे थियाे । प्रशासनले १८ बुँदे आदेश जारी गरेकाे दिनमा नै प्रशासनमा सेवाग्राहीकाे भिड बढेकाे हाे । प्रशासनले जारी गरेकाे आदेशमा कार्यालयबाट हुने गरेका सेवाकाे बारेमा भने केहि भनेकाे छैन । तर अन्य कार्यालयलाई भने आबश्यक ब्यवस्था मिलाउन भनिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily