गाेरखा- नेपालमा सट्टेबाजी (बेटिङ) पूर्णरूपमा प्रतिबन्धित छ । यति मात्रै होइन, सट्टेबाजी सम्बन्धी कुनै पनि गतिविधि गर्न पनि पाइँदैन । तर, नेपाल चेम्बर अफ कमर्स, गाेरखा आयोजक भएर पुस १६-२७ गतेसम्म चल्ने ‘कृषि तथा ब्यापार प्रर्वद्धन मेला’ मा अवैध बेटिङ खुलेआम चलिरहेकाे छ । त्याे पनि जिल्ला प्रशासन कार्यालयकाे आडमा ।
जिल्लाका सुरक्षा निकायका अधिकृतलाई यस बिषयमा बुझ्दा ‘थाहा नभएकाे, नबुझिएकाे, मेला गर्दा के-के गर्ने भनेर प्रशासनलाई उपलब्ध गराएकाे सर्तका आधरमा भएका हाेलान्’, सुरक्षा निकायका एक अधिकृतले भन्छन् ‘तर, म के रहेछ । थप बुझेर खबर गर्छु ।’
सट्टेबाजी एक प्रकारको जुवानै हो । सरकारले अनुमति प्राप्त क्यासिनोमा विदेशीलाई मात्र खेल्न दिन्छ । तर कृषी तथा ब्यापार प्रर्वद्धनका नाममा प्रशासनकाे सहयाेगमा भएकाे यस्ताे सट्टे बाजी जिल्लाकाे सुरक्षा निकायकाे साथ र सहयाेगमा चलेकाे स्राेतकाे दावी छ ।
स्राेतका अनुसार प्रहरी सहायक निरिक्षककाे कमाण्डमा पुस १६ गतेदेखि नै प्रहरीकाे टाेली मेला सञ्चालन भएकाे हरमटारी खेलकुद मैदानमा तैनाथ छ । तर मेलाले २ लाख ५० हजारमा बिक्री गरेकाे स्ट्रल न १४ मा तिनदिनदेखि खुलेआम चलिरहेकाे छ । त्यसकाे साझी जिल्लाकाे सुरक्षा गर्न जिम्मा लिएका अधिकारीहरू छन् ।
निकै विवादका वीच सुरू भएकाे मेला राेक्न गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री दीपक मनाङेदेखि गाेरखा उद्याेग बाणिज्य संका पदाधिकारी टाेलीसमेत लागिपरेकाे थियाे । निकै विवाद भएपछि नेकपा एमालेका जिल्ला इन्चार्ज रामशरण बस्नेत र नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति हरि घलेकाे एक बैठकपछि मेला गर्न चेम्बरले अनुमति पाएकाे थियाे ।
कसरी खेलाइन्छ ?
मेलाकाे स्टल न १४ मा विगत तिन दिनदेखि यसरी सट्टेबाजी चलेकाे छ । त्याे स्ट्रलमा प्रहरीकाे टाेलीसमेत जान निषेध गरिएकाे स्राेतकाे दावी छ । यस्ताे खालकाे सट्टेबाजी मेलामा २ ठाँउमा चलेकाे छ । एक स्ट्रल नं १४ मा र आर्काे मञ्चकाेवीच भागमा । एक खालकाेमा १ देखि ६ नम्बरसम्मकाे अंक हुन्छ । त्यसमा पनि १-६ नम्बरका अंक एकहजार सम्मका हुन्छन् । त्यसमा सानाे र ठुलाे दाउ, अनी ७ अंक चाँहि लक्कि दाउ हुन्छ। १ बाट ७ सम्म सानाे दाँउ र ८ बाट माथी ठुलाे दाउ भनिएकाे हुन्छ। यस्ताे खेलमा खेल्नेकाे संख्या सिमित भएन् र असिमित मान्छेले याे खेल खेल्न सक्छ ।
आर्काे प्रकारकाे खेल चाँहि चिट्टा हाे । चिट्टामा भनिएकाे हुन्छ- पुस्कार ५ हजार, १० हजार र २० हजारसम्म जित्न सकिन्छ । यसमा सानाे दाउ हुन्छ । जस्ताेकि ५० रूपैंयमा चिट्टा थुत्याे भने त्याे भन्दा मुनिकाे पुरस्कार पर्छ । अहिलेसम्म याे प्रकारकाे खेलमा ५० भन्दा बढिकाे पुरस्कार कसैले पनि पाएका छैनन् ।
र, आर्काे भनेकाे चाँहि बेल्ट बटार्ने हाे । याे खेलमा दुइवटा बेल्ट हुन्छ । ति बेल्ट बर्टादा खेल्न खाेज्ने मान्छेले सिन्का वा एकप्रकारकाे तिखाे बस्तुले छेडेपछि बेल्टकाे विचमा अक्डकियाे भने जसले खेलेकाे उसले डबल पैसा हात पार्छ । जस्ताेकी १० हजार राखेर बेल्ट बटार्ने खेल खेल्नु भयाे भने बेल्टकाे विच भागमा तिखाे प्रकारकाे एक बस्तुले घाेच्नु वा छाेड्नु पर्छ । त्यसरी त्याे बेल्टमा घाेचिएमा वा छेडिएमा तपाइकाे लगानीकाे डबल यानकि २० हजार जित्नुहुन्छ । यसरी यसप्रकारकाे खेल मेलामा खेलाइन्छ ।
चेम्बरका अध्यक्ष भाइचन्द्र श्रेष्ठ भने केहि दिन अघि यस्ताे खेल चलेकाे थाहा पाएपछि बन्द गर्नु भन्दै बन्द नै गरिएकाे दावी गर्छन् । उनका अनुसार स्ट्रलकाे जिम्मा पाएपछि मेला गर्दा विभिन्न शर्तमा स्ट्रल बिक्रि गरिएकाे हुन्छ । त्यसमा हामीले याे याे गर्न पाइन्छ । याे याे गर्न पाइन्न भनेका थियाैं । अबबाट त्यस्ता खालका खेल मेलामा नहुने उनले बताए ।
मेला पुस २६ गतेसम्म हुने भनिएकाेमा एकदिन लम्बिने चेम्बरले जनाएकाे छ ।
याे पनि,
अनि, यसरी सुरू भयाे चेम्बरको मेला !
मन्त्री मनाङेसंग बाणिज्य संघकाे त्याे ‘चाैतारी भेट’, अनि स्थगित भयाे चेम्बरको मेला !
हरमटारी खेलकुद मैदान विवाद : मन्त्री मनाङेकाे निर्देशन- तत्काल कसैलाई प्रयाेग गर्न नदिनु
प्रतिक्रिया