+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा उघाेग बाणिज्य संघकाे अध्यक्ष बन्न पार्टी परिर्वतन गरेपछि …..

4KNationalDaily
२०७८ पुष ९, शुक्रबार ०९:४६ बजे

गाेरखा- गाेरखा उघाेग बाणिज्य संघकाे अधिवेशनमा प्यानल सहित उम्मेदवारी घाेषणा गर्न आयाेजित पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार कृष्णकुमार श्रेष्ठलाई पत्रकारले प्रश्न गरे- अध्यक्ष बन्न पार्टी परिर्वतन गर्नुभएकाे हाे ? याे आन्तिरक बिषय भएकाे भन्दै उनी फन्छिए ।

संघको साधारण सदस्य लिएको ३१ बर्ष पछि श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ०४८ सालमा संघको साधारण सदस्यबाट प्रवेश गरेका श्रेष्ठले ०६१ सालमा कार्य समिति सदस्य हुदैं सचिव, कोषाध्यक्ष, महासचिव, द्वितिय उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष भए ।  उनी नेकपा एमाले निकटका थिए । संघमा ‘बजारिया नेवार (श्रेष्ठ)’काे बाक्लाे उपस्थिति रहेकाे बेला अध्यक्ष हुनकै लागि उनी कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले उनलाई टिका लगाएर केहि समयअघि कांग्रेसमा प्रवेश गराएका थिए ।

संघकाे इतिहासमा कांग्रेस इतर र  ‘बजारिया नेवार’ बाहेकका अन्यले अध्यक्षमा उम्मेदवारी दिएकाे र निर्वाचित भएकाे इतिहास भेटाउन मुस्किल छ। संघमा गाेरखा बजारका व्यवपारी धेरै भएकाे र यसकाे इतिहास नै ‘बजारिया नेवार’ भएकाले अन्यले चाहेर पनि उम्मेदवारी दिने आँट गर्न सक्दैनन् । उम्मेदवारी दिएपनि निर्वाचित हुने सम्भावना कम छ ।

याे पनि,

उद्योग वाणिज्य संघमा उम्मेदवारीकाे लर्काे, अधिवेशन नजिकिदै गर्दा आर्को प्यानलले ग¥याे घोषणा

नेकपा एमाले निकटका र ‘बजारिया नेवार’ बाहेकका श्रेष्ठ अध्यक्ष बन्नैका लागि कांग्रेस प्रवेश चर्चा चलेकाे छ । कोरोना महामारीका कारण ११ महिना पछि हुन लागेको अधिवेशनमा श्रेष्ठ प्यानलबाट  द्धितीय उपाध्यक्ष भगवानबावु मास्के वरिष्ठ उपाध्यक्षमा, सचिव अस्मकबावु श्रेष्ठ महासचिवमा, कोषाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ महासचिवमा, कोषाध्यक्षमा चन्दनबावु खत्री, सचिवमा गोविन्द गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरू सबै कांग्रेस निकटका हुन् । ६ सय भन्दा बढी साधारण सदस्य रहेको संघको निर्वाचनमा ५५३ जनाले मतदाता छन् ।

संघकाे पुस १० र ११ गते ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशन हुदैंछ ।  अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बाकृष्ण खाँडले गर्ने तय भएको संघले जनाएकाे छ । २०२७ सालमा ‘बजारिया नेवार’ मात्रै सदस्य भएर स्थापना भएकाे संघमा अहिलेसम्म बजारिय र कांग्रेस इतरका अध्यक्ष निर्वाचित भएका छैनन् । जानकारहरूका अनुसार यस पटक पनि अध्यक्ष बन्नकै लागि उनी कांग्रेस प्रवेश गरेका हुन् ।

संघमा क्रमिक रूपमा तलबाट माथीसम्म भएर आउनु पर्छ । उनी कार्य समिति सदस्य हुदैं कोषाध्यक्ष, सचिव, महासचिव, द्वितिय उपाध्यक्ष हुदै वरिष्ठ उपाध्यक्ष भएका हुन् । संघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने एकखालकाे प्रावधान रहेकाे छ ।

संघको बिधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव एक/एक जना निर्वाचित हुने छन् । यस्तै, ७ सदस्य निर्वाचित हुनेछन् । यसबाहेक वस्तुगत तर्फ सुनचाँदी ब्यबसायीबाट एक, महिला उद्यमी विकास समितिबाट एक, महिला खुल्ला तर्फ एक सदस्य रहनेछन् । हरेक पालिकाको इकाई अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था छ । दुई जना सदस्य मनोनित हुनेछन् । कार्यसमितिले एक र अध्यक्षले एक जना मनोनित गर्ने संघको विधानमा ब्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily