+
Search

ताजा अपडेट +

पपुलर +

मेयरकाे क्षेत्रअधिकार भित्र नपरेकाे सडक ट्राफिक प्रहरीले मर्मत गरेपछि…..

4KNationalDaily
२०७८ मंसिर १६, बिहीबार १७:४८ बजे

गोरखा- फिनाम र नारेश्वर (गाबिस)लाई गाेरखा नगरपालिकामा मर्ज गरेर नगरपालिका बनेकाे आज ढ्याक्कै सात बर्ष पुग्याे । २०७४ काे स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाेरखा नगरपालिका मेयर राजनराज पन्तका चुनावी बाचासमेत सकिन् तिन महिना बाँकि रहँदा नगरपालिकाका समस्या ज्यूका त्यू छन् ।

भाेट माग्ने क्रममा मिठा मिठा भाषण, आदर्शका गफ तथा विकासका बाढी ल्याउछु भन्दै मतदाता फकाएर मेयरमा निर्वाचित भएका मेयर पन्त नगरपालिकाकाे बिकासमा कम्युनिष्ट्रहरूकाे असहयाेगका कारण गर्न नसकेकाे स्विकार गर्दै हिडेका छन् । तर, गत बर्षायत समयमा नगरपालिका कार्यलय जाने सडक तथा नगरपालिका हुदैं जाने हस्पिटलचाेक-ध्याम्पेशाल सडकखण्डककाे अवस्था देखेपछि मेयर पन्तले भने-‘नगरपालिकाकाे क्षेत्र भित्र बाहिरका सडक मर्मत तथा निर्माण गर्न सकिएन ।’

तर, नगरपालिका मेयर पन्तकाे भनाईलाई सापटी लिदैं जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्नकाे सहयाेगमा जिल्लाकाे अतिब्यस्त क्षेत्रमा सडकका खाल्टा खुल्टी पुरेकाे छ । ट्राफिक प्रहरीका अनुसार स्थानीय निर्माण ब्यवसायीसँग सिमेन्ट, बालुवा, गिटी लगायतका निर्माण सामग्री जुटाएर सडकका खाल्डा पुरेका हुन् ।

ट्राफिक प्रहरीका असई भूमीराज घिमिरेका अनुसार खाल्डाेका करणा हुन सक्ने दुर्घटनालाई ध्यानमा राखेर सडक मर्मत गरिएको हाे ।बजारको सबैभन्दा ब्यस्त चोकको सडकको बिचमा रहेको खाल्डोका कारण हुन सक्ने सडक दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने ट्राफिकले विश्वास लिएकाे छ ।

सदरमुकामको सडकका अन्य ठाऊँमा पनि खाल्डाखुल्डी रहेकाले निर्माण सामग्री जुटाएर क्रमैसँग मर्मत गर्दै जाने योजना रहेको ट्राफिक प्रहरीले जनाएकाे छ । तर, मेयर पन्त प्रदेश र संघ अन्तरर्गत रहेका सडकमा नगरपालिकाले केहि गर्न नसक्ने भन्दै फन्छिएपछि समाजिक सञ्जालमा उनकाे विराेध भइरहेकाे छ ।

@palikalivenp

गाेरखाकाे ब्यस्त सडकमा खाल्डा खुल्डी धेरै भएपछि निर्माण ब्यवसायीसँग निर्माणजन्य सामग्री जुटाएर खाल्डा पु¥दैं ट्राफिक प्रहरी । लाज मानाै मेयर सा’प

♬ original sound – Gorkha Sandesh – Palika Live

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily