+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी पालुङटार : नगर अध्यक्षमा चारजनाकाे दावी, कोषाध्यक्ष निर्बिरोध

4KNationalDaily
२०७८ मंसिर १६, बिहीबार १५:०९ बजे

गोरखा– नेकपा (माओवादी केन्द्र) पालुङटार नगर कमिटिकाे अध्यक्षमा चारजनाकाे दावी परेकाे छ । नगर अध्यक्षमा चारजनाकाे दावी परेपछि प्रथम नगर अधिबेशनमा शनिबारसम्मका लागि स्थगित भएकाे हाे ।

नगर अध्यक्षमा निर्वतमान नगर अध्यक्ष विवश चिन्तन (अजय देवकाेटा), विकास वाग्ले, मदन देवकाेटा र दुर्गालाल श्रेष्ठकाे उम्मेदवारी भएपछि नगर अधिवेशनले ६५ सदस्य समिति घाेषणा गर्दै स्थगित भएकाे हाे । उपाध्यक्षमा ७ जनाकाे उम्मेदवारी परेकाे छ । तिन उपाध्यक्षका लागि ७ जनाकाे उम्मेदवारी परेकाे हाे । शर्मिला बगाले, पम्फा बसेल, सुमन आचार्य, गाेविन्द्र बराकाेटी, रिखिराज धैराली, राचन्द्र तिवारी र मान बहादुर पाैडेलकाे उम्मेदवारी दर्ता भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

काेषाध्यक्षमा भने विकास भट्टराई सर्वसम्मत भएका छन् । काेषाध्यक्षमा भट्टराईकाे मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । नगर कमिटिमा एक अध्यक्ष, दुई उपाध्यक्ष र एक समावेशी उपाध्यक्ष, एक सचिव, एक सह-सचिव र काेषाध्यक्षसहित ६५ जना सदस्य रहने व्यवस्था छ ।

अध्यक्षका लागि चारजनाकाे उम्मेदवारी परेपछि  माओवादीका पुर्व जिल्ला इन्चार्ज तथा सांसद चुणामणी खड्काकाे ठाडाे हस्तक्षेपका कारण  अधिबेशन अन्याेल भएकाे हाे । माओवादी केन्द्र, गोरखाले जिल्लाका ११ वटा स्थानीय तहको अधिवेशन सम्मन्न गरेकाे छ। तर, जिल्लाको बारपाक–सुलिकोट गाउँपालिका र पालुङटार नगरपालिकामा भने विवाद समाजिक सञ्जालमा देखिन थालेकाे छ । बारपाकमा पालिका अध्यक्ष चयन गर्दै अधिवेशन सकियो भने पालुङटारमा आकाक्षी धेरै भएपछि अधिबेशन नै स्थगित भयो ।

पालुङटारमा जारी विवाद गुट उपगुटको अभाष हुने गरि सार्वजनिक हुन थालेको छ। सांसद खड्काको हस्तक्षेपका कारण पालुङटारको अधिवेशन स्थगित भएको हो । स्रोतका अनुसार खड्का अजय बाहेकका अरूलाई अध्यक्ष मान्न तयार भएको तर, कुनै पनि हालतमा अध्यक्ष नछोड्न उनी निकटका नेतालाई निर्देशन दिएपछि पालुङटारको अधिवेशन स्थगित भएको हो ।

तर, निर्वाचन समितिका अनुसार सबैलाई समेदै सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी रहेकाे दावी गरिएकाे छ । शनिबार सम्पन्न भएको प्रथम गाउँपालिका तथा नगरपालिकाको अधिबेशनले प्रायमा सबै पूराना अनुहारका नेतृत्वको कमिटि बनाएको छ ।

याे पनि,

गाेरखाका १० स्थानीय तहमा माओवादी केन्द्रको नेतृत्व सर्वसम्मत, प्रायमा पूराना अनुहार !

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily