+
Search

ताजा अपडेट +

पपुलर +

काठ तस्करकाे ‘ट्रान्जिट’ बन्दै गाेरखा नगरपालिका

4KNationalDaily
२०७८ कार्तिक ८, सोमबार १४:१२ बजे

गाेरखा- जिल्लाका विभिन्न सामुदायिक तथा निजि वनमा अवैध तरिकाले काठ तस्करी बढ्दै गएकाे छ । जिल्लाका करिब ५ सय सामुदायिक वन तथा अन्य निजि वनबाट यस्ता खालका तस्करी हुदै आएकाे थियाे ।

केहि महिना अधि अवुवा क्षेत्रबाट अवैध सालसहित तस्कर समातिए पनि सत्ताका आडमा तस्करहरू छुटेका थिए । गोरखा नगरपालिका-९, लुदीखोलाकाे पुन्चे सामुदायिक वनबाट जिल्ला प्रहरी कार्यालय गोरखाले आइतबार सालका काठ बरामद गरेकाे हाे ।

अबैध रुपमा ओसारपोसारका लागि राखिएको १२ थान सालको गोलिया बरामद गरेको छ । अबैध ओसारपोसारका लागि झाडीमा लुकाई राखेको अबस्थामा आइतबार १२ थान सालको गोलिया बरामद गरेको प्रहरीले जनाएकाे छ ।

नामथर नखुलेका ब्यक्तिले सालको काठको अबैध रुपमा ओसारपोसार गर्दै गरेको सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो ।

टोलीले काठ ओसारपसार गर्ने व्यक्ति फेला नपारेपनि झाडीमा लुकाई छिपाई राखेको अवस्थामा सालको गोलिया फेला पारेको प्रहरीले दावी गरेकाे छ । थप अनुसन्धान तथा कारवाहीको लागि बरामद गरिएको काठ डिभिजन वन कार्यालयमा पठाएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily