+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखा प्रहरीकाे अभियान : १४ दिनमा ५५ फरार अभियुक्त पक्राउ, ११ लाख जरिवना असुल

4KNationalDaily
२०७८ आश्विन १०, आईतवार २०:०६ बजे

गोरखा-जिल्ला प्रहरी कार्यालय गोरखाले लामो समय देखि फरार रहेको अभियुक्तलाई पक्राउ गरेको छ । फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान अन्तरगत भदौ २८ गते देखि असोज १० गते सम्ममा ५५ जना फरार अभियुक्त पक्राउ गरेकाे हाे ।

अदालतको फैसला कार्यान्वयन गराउनका लागि प्रहरीले फरार अभियुक्त पक्राउ अभियान नै सञ्चालन गरेको छ ।

लामो समय देखि फरार रहेका ५५ जनाबाट करिब ११ लाख जरिवना समेत असुल गरिएको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा सजाय तोकेका तथा अहिलेसम्म फरार रहेका अभियुक्तलाई प्रकाउ गरि जरिवाना समेत असुल गरेको जिल्ला प्रहरी कार्यलय गाेरखाका सुचना अधिकारी डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

विभिन्न मुद्धाहरुमा कैद तथा जरिवाना तोकिएर हाल सम्म पनि फरार रही हाल आफ्नो घरमा लुकीछुपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हाे । पक्राउ पर्नेहरुमा लागु औषध मुद्धा देखि अन्य मुद्दाका अभियुक्त रहेका छन् ।

अदालतको फैसला कार्यान्वयन गराउनका लागि प्रहरीले फरार अभियुक्त पक्राउ अभियान नै सञ्चालन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily