+
Search

ताजा अपडेट +

पपुलर +

गृहको अध्ययन टोली हुम्लामा, ‘चीनसँग सिमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष भने काठमाडौंमा

4KNationalDaily
२०७८ भाद्र २७, आईतवार ०९:०७ बजे

काठमाडौं- सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्चा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् ।

गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका-५ र ६ रहेका ‘विवादमा परेका’ ११ र १२ नम्बर पिलरसहित अध्ययन गरिँरहदा सोही गाउँपालिकाका अध्यक्ष लामा भने काठमाडौंमा छन् ।

‘गृह मन्त्रालयको टोलीले मलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । तर हुँदै नभएको सीमा विवादमा पुनः अध्ययन गर्न जान मन लागेन,’ अध्यक्ष लामाले न्युज कारखानासँग भने, ‘मैले पनि स्थलगत अध्ययन गरेको छु र सन् १९६२ मा भएको सम्झौता अनुसार पानी ढलोलाई आधार मान्दा कतै सिमा मिचिएको देखिँदैन ।’

अध्यक्ष लामाले सरकारी टोली हुम्ला गए पनि आवश्यक सहयोग गर्ने जनाए पनि असन्तुष्टी भने जाहेर गरेका छन् ।

सीमाजस्तो विषयमा सरकार फेरिए पिच्छे धारणा बनाउनु गलत हो, यसले कुटनीतिक क्षेत्रमा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘तत्कालिन प्रजिअको टोलीले स्थलगत अध्ययन गरी सिमा नमिचिएको प्रतिवेदन दिएकै आधारमा यसअघिको सरकारले धारणा प्रस्ट पारिसकेपछि फेरि किन अध्ययन समिति बनाएको हो ? मैले बुझन सकिएको छैन ।’

हुम्लामा पुनः सरकारले सीमा विवाद झिकिएपछि अध्यक्ष लामा भने असन्तुष्ट छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily