+
Search

ताजा अपडेट +

पपुलर +

छोराले बुबा र श्रीमतीको हत्या गरेको आशंका, शव उत्खनन् गर्दै प्रहरी

4KNationalDaily
२०७८ भाद्र ८, मंगलवार १०:३१ बजे

 धनुषा- अवैध सम्बन्धको आरोपमा धनुषाको मिथिला विहारी नगरपालिका–५ ललिया टोलका एक यूवाले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र ३५ वर्षीया श्रीमती अमरिका देवीको हत्या गरेका हुन् । सोमबार राति बुवा र श्रीमतीको हत्या गरी भागेश्वरले घर पछाडीको झाडीमा गाडेका थिए ।

हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी खाल्डो खनेर गाडेको अवस्थामा दुबै जनाको शव बाहिर निकालिसकेको छ ।

बुवाले आफ्नो श्रीमतीसंग अनैतिक समबन्ध राखेका कारण दुबैको हत्या गरेको कुरा भागेश्वरले स्वीकारेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily