बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्ना नयाँ तस्वीरहरू सार्वजनिक गरेकी छिन् । निलो आकाशे रंगको लहेँगामा देखिएका माधुरी निकै सुन्दर देखिएकी छिन् ।
माधुरीले आफ्ना तस्विरहरू ट्वीटरमार्फत सार्वजनिक गरेपछि समर्थकहरूले खुसी व्यक्त गरेका छन् । समर्थकहरूले रिट्वीट र कमेन्टहरू गरेर माधुरीको प्रशंसा गरेका छन् ।
माधुरी ९० को दशकी चर्चित नायिका हुन् । त्यसका बेला माधुरीले बलिउडमा एकछत्र कब्जा गरेकी थिइन् । तेजाब, रामलखन, दिल, बेटा, खलनायक, दिलतो पागल है लगायतका फिल्म माधुरीका दर्शकले धेरै रुचाएका छन् ।
विवाह गरेर घरजम गरेपछि माधुरी फिल्मबाट अलिक टाढा रहेकी छिन् । तैपनि माधुरी भारतीय टेलिभिजनमा देखाइने रियालिटी शोहरूमा देखिने गरेकी छिन् ।
प्रतिक्रिया