+
Search

ताजा अपडेट +

पपुलर +

माधव नेपालले भने– पौडेल र नेम्वाङमार्फत् ठोस प्रस्ताव आएन, हामीले आफ्नो निर्णय गर्नुपर्छ

4KNationalDaily
२०७८ बैशाख २६, आईतवार १९:४१ बजे

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कुनै ठोस प्रस्ताव नआएको र एकता जोगाउने प्रयत्न समेत नगरेको बताएका छन्।

आफ्ना सांसदहरुलाई आइतबार सिंहदरबारमा ब्रिफिङ गर्दै नेता नेपालले पार्टी एकता कायम राख्नेगरी ओलीका तर्फबाट कुनै प्रस्ताव नआएको बताएका हुन्।

राजीनामा लेखेर नेता नेपाललाई बुझाएका आफ्ना पक्षका सांसदहरुलाई भेट्नुअघि नेता नेपालले ओलीको सन्देश बोकेर आएका विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदरबारमा पौने घण्टा छलफल गरेका थिए।

‘विष्णु पौडेल र सुवास नेम्वाङजी मलाई भेट्न आउनुभएको थियो,’ नेता नेपालले सांसदहरुसँग भने, ‘एकता जोगाउनेबारे कुनै ठोस प्रस्ताव प्रस्तुत नगर्नुभएकोले केही निर्णय भएन। अब हामीले एउटा निर्णय गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले आज आइतबार नै एक वक्तव्य जारी गरी फ्लोर क्रस गर्ने, सामूहिक राजीनामा दिने जस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्।

यस्तै भोलि संसदमा हुने प्रधानमन्त्रीलाई विश्वासको मतमाथिको मतदानमा प्रधानमन्त्रीको पक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको छ। नेता नेपाल पक्षका सांसदरुहले भने ओलीको पक्षमा मतदान गर्नुको साटो पदबाटै राजीनामा दिने तयारी गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily