+
Search

ताजा अपडेट +

पपुलर +

‘एनआरएनए’काे बोर्ड अफ डाइरेक्टर बन्ने दौडमा तनहुँका पन्त

4KNationalDaily
२०७८ बैशाख ८, बुधबार १०:११ बजे

गाेरखा- तनहुँ जिल्लाको ऐतिहाँसिक पर्यटकीय क्षेत्र भानु नगर पालिका बडा नं १ भन्सारमा जन्मिएका दीपक पन्त एनआरएनए अमेरिकाको आउदो मे महिनामा हुने निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेद्वारी दिने भएका छन् ।

सानै उमेर देखी समाज र राजनीतिसँग राम्ररी घुलमिल रहेका पन्त हक्की र स्पष्ट बक्ताका रुपमा परिचित छन् । स्थानीय शारदा शिक्षा सदन माध्यमिक विद्यालयबाट प्रबेशिका उतिर्ण गरेका पन्तले त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरबाट अर्थशात्र बिषयमा स्नातकोत्तर गरेका छन्।

अध्ययन लगतै नेपाल बिद्युत प्राधिकरणमा अधिकृत स्तरबाट जागिर सुरू गरेका पन्त पछिल्लो समय नेपाली लगानीमा बनेको मोडेल आयोजना चिलिमे जलबिद्युत कम्पनीको प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत थिए । सन् २०११ को मध्य तिर अमेरिका प्रवेश गरेका पन्त अमेरिकाको विस्कान्सिन राज्यको मिल्वाकी सिटीमा स्व-व्यवसाय गरी बस्दै आएका छन् ।

स्थानीय मिल्वाकी नेपाली परिवारको सचिवको जिम्मेबारी बहन गर्दै गर्दा एनआरएनए अभियानमा अमेरिकाभरी नेपाली समुदायसँग सहकार्य  अभियानमा जोडिएका पन्त आफुलालाई अमेरिकामा रहेका नेपाली समुदायको सहयोग र साथ रहेकाले निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

अमेरिकामा जन्मेका वा हुर्केका दोस्रो पुस्ताका नेपाली युवा पिंढीलाई कसरी नेपाल र अमेरीकाबीच नेपाली भाषा, संस्कृति, मौलिकपनसँग जोड्न सकिन्छ भन्ने बिषय पन्तले आफ्नो चुनाबी मुख्य मुद्दा बनाएका छन् । समय छदै यसले पार्न सक्ने प्रभावका बारेमा हरेक अभिभावक चनाखो बन्नु पर्ने र आफ्नो एजेन्डालाई समर्थन र साथ दिने विश्वास पन्तले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily