+
Search

ताजा अपडेट +

पपुलर +

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना

4KNationalDaily
२०७७ चैत्र ३१, मंगलवार १९:१७ बजे

काठमाडौँ- यस नयाँवर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन् ।

यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबारदेखि संचालनमा आएको छ ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन् ।

यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४९९ मा ३० दिन समय सिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । ग्राहकले यो योजनाअन्तर्गत मात्र ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजालिन सक्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily