+
Search

ताजा अपडेट +

पपुलर +

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधान नेपाल एयरलाइन्सको सञ्चालकमा नियुक्त

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार १६:११ बजे

काठमाडौं- नेकपा एमाले प्रवेश गरेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन्।

विराटनगरका प्रधान केही दिनअघि बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए।

उनै प्रधानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निगमको सञ्चालक समितिमा नियुक्त गरेका हुन्।

‘विराटनगर १० मोरङका प्रधानलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरिएको छ,’ मन्त्री ढकालको सचिवालय भन्यो।

प्रधान गत मंसिरमा भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालसँग पराजय भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily