+
Search

ताजा अपडेट +

पपुलर +

एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज गर्न संसद सचिवालयमा माओवादीको पत्र

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार १६:०८ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना चार संसदलाई कारबाही गरेको छ। प्रतिनिधिसभा सदस्य रहेका चार जनालाई कारबाहीको पत्र सचिवालयमा दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए।

माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।

उर्जामन्त्री रहेका रायमाझी अर्घाखाँची-१, उद्योगमन्त्री रहेका भट्ट कैलाली-४, शहरी विकासमन्त्री रहेका साह रौतहट-३ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका चौधरी कैलाली-३ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily