+
Search

ताजा अपडेट +

पपुलर +

८४ वर्षकी आमालाई बेवास्ता र तीन करोड हिनामिना गरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ

4KNationalDaily
२०७७ चैत्र २४, मंगलवार ०९:१७ बजे

काठमाडौं- प्रहरीले ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने सन्तानलाई पनि पक्राउ गर्न सुरु गरेको छ । ८४ वर्षकी आमालाई बेवास्ता गर्ने छोरी पक्राउ गरेर प्रहरीले यसको सुरुवात गरेको छ ।

छोरीविरुद्ध आमाको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मी छिन् । सुष्मा जाहेरवाला शोभाकी सहोदर छोरी भएकाे खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै आमा शोभाले छोरीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि सुष्मालाई सोमबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।

उनले भने, ‘जाहेरीअनुसार भएभरको सबै सम्पत्ति छोरीले लिएको देखिन्छ । तर, आमालाई छोरीले बेवास्ता गरेको देखिन्छ । सोही आधारमा जाहेरी पर्‍यो । त्यसलगत्तै हामीले अनुसन्धान गर्‍यौँ । छोरी सुष्मालाई पक्राउ गर्‍यौँ।’

प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि जाहेरवाला शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् । मृतक भूपेन्द्र र जाहेरवाला शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको आरोप छ।

त्यसबाहेक मृतक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका श्रीमान् कमलप्रसाद रेग्मीले झुक्याएर झिकेको आरोप छ । कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily