+
Search

ताजा अपडेट +

पपुलर +

चौध बर्षिया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

4KNationalDaily
२०७७ चैत्र १६, सोमबार २०:३८ बजे

गोरखा– १४ बर्षिया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गोरखा नगरपालिका–७ थर्पु घर भएका ४० बर्षका भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ ।

आइतबार बिहान ७ बजे दुघ लिन गएकी बालिकालाई बाटोमा एकान्त स्थानमा भेटी खत्रीले जबरजस्तीको प्रयास गरेको प्रहरीले जनाएकाे छ ।

बालिकालाई सुनसान स्थान खोल्सा पट्टी लगी जबरजस्ती करणी उद्योग गरेको जानकारी पाए पछि प्रहरीको टोलीले उनलाई पक्राउ गरेकाे हाे ।

पक्राउ परेका खत्रीलाई जबरजस्ती करणी उद्योग शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily