+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले भने- माओवादीको समर्थन ममाथि कायम छ, विश्वासको मत किन लिने ?

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ०८:३७ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रले २०७५ सालमा दिएको समर्थन कायम रहेको भन्दै तत्काल विश्वासको मत लिन आवश्यक नरहेको बताएका छन् । उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने आशा पनि व्यक्त गरे ।

एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा ओलीले भने, ‘मलाई २०७४ सालको फागुन २७ गते माओवादी केन्द्रले दिएको समर्थन वापस भएको छैन । यो माओवादी केन्द्रले थाहा नपाएको कुरा पनि होइन । मैले फिर्ता गर्नुस वा नगर्नुस केही भनेको छैन । त्यसैले संयुक्त सरकारको हैसियत कायम छ ।’

माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएको विषयमा भने उनले आश्चर्य प्रकट गरे । ओलीले भने, ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार समर्थनप्राप्त सरकार चलेको छ । त्यसैले न राजीनामा दिन आवश्यक छ, न विश्वासको मत आवश्यक छ । मलाई जरुरी नै छैन ।

ममाथि विश्वास छँदैछ त किन लिने ?’ कसैले समर्थन फिर्ता लियो भने आफूसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहने ओलीले बताए । उनले थपे, ‘म कति पपुलर रहेछु भने मलाई सबैभन्दा मन नपराउनेले पनि ममाथिको समर्थन फिर्ता लिएको छैन ।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily