+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गर्दै बाबुराम भट्टराईले सम्झिए भेडाको कथा

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ०७:३४ बजे

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ता छाड्न आग्रह गरेका छन्

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परिस्थिति बुझेर बेलैमा सम्मानित बर्हिगमनको बाटो रोज्न आग्रह गरेका हुन्।

अन्यथा ‘भीरबाट लड्ने गाई’को अवस्था आउने चेतावनी पनि उनले दिएका छन्।

‘दन्त्यकथाका भेडाहरू काठको फड्केमा बाटो छोड्नुसट्टा सिंगौरी खेलेर दुवै मरेका थिए रे,’ डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमा पुरानो दन्त्यकथा सम्झँदै प्रश्न गरेका छन्, ‘नेपाली राजनीतिका मूर्ख र अहंकारी भेडाहरूको नियति त्यस्तै हुन लागेको हो त?’

प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै उनले थप लेखेका छन्, ‘अझै पनि समय छ, नैतिक र वैधानिक दुवै ढंगले सत्तामा बस्ने हैसियत गुमाइसकेको ओलीतन्त्रले बाटो छोडोस्, नत्र भीरबाट लड्ने गाईलाई…!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily