+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यको वक्तव्य- बालुवाटार भेला अवैध भन्दै सबै निर्णय रद्द गर्न माग

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ०७:२५ बजे

काठमाडौं– नेकपा एमालेको माधव नेपाल पक्षका ११ स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गरेका छन् ।

केन्द्रीय कमिटीको विशेष वैठक भनी बालुवाटारमा गरिएको भेला अवैध रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेकपा एमालेलाई एकतावद्ध र सुसंगतरुपमा अगाडि बढाउनका लागि केपी ओलीबाट गत फागुन २८ गते गुटको भेलाबाट भए–-गरिएका पार्टी विधानविपरीतका सबै काम-कारबाही रद्द गरी विधान, पद्धति र विधि अनुरुप स्थायी कमिटी र केन्द्रीय कमिटीका वैठक हुनुपर्ने स्वयं स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

वक्तव्यमा प्रधानमन्त्री ओलीमाथि दक्षिणपन्थी र विर्सजनवादीको आरोप लगाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily