+
Search

ताजा अपडेट +

पपुलर +

एमालेमा गएका बादलसहितका नेतालाई माओवादीको पत्र : उतै बस्ने कि फर्कने?

4KNationalDaily
२०७७ चैत्र १, आईतवार १९:४४ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले एमालेमा लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई तत्काल आफ्नो अवस्था प्रस्ट पार्न पत्राचार गरेको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार आइतबार केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ७ मन्त्रीसहित एमालेमा लागेका अन्य नेताका घरमै पुगेर आफ्नो अवस्था स्पष्ट पार्न आग्रह गरिएको पत्र दिइएको हो।

‘उहाँहरुलाई आफू कता लाग्ने हो स्पस्ट पार्नका लागि पत्राचार गरेका छौं’, ती नेताले भने, ‘सबै नेताहरुको घरमै पुगेर पत्र दिएका छौं।’

एमालेमा लागेकामध्ये कसैले माओवादी केन्द्रमा फर्कने जवाफ पठाएमा सोमबारको केन्द्रीय समितिको बैठकमा सहभागी गराइने उनले बताए।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

त्यस्तै एमालेमा लागेका अन्य नेता तथा सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न निर्देशन पनि दिएको थियो।

सोही आधारमा आइतबार बसेको केन्द्रीय समिति बैठकलगत्तै गृहमन्त्री रामबहादुर थापासहितका ७ मन्त्री, केही केन्द्रीय सदस्य, सांसद, प्रदेश सांसदहरुलाई पत्राचार गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily