काठमाडौ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ।
शुक्रबार नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका हुन्।
देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा यसबाट उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।
बैठकमा हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा छलफल हुने उनले बताए।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल तथा झलनाथ खनाल पक्षीय नेतालाई गरेको कारबाहीपछिको अवस्थाबारे समेत छलफल हुने बताइएको छ।
साथै, बैठकले माओवादी केन्द्र छाडेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे समेत निर्णय गर्ने बताइएको छ।
प्रतिक्रिया