काठमाडाैं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गरेका कार्यमा बहस गर्न तयार रहेको बताएका छन्। भरत ढुङ्गानाको स्मृतिग्रन्थ सार्वजनिकीकरणमा बिहीबार बहस गर्न आफू तयार रहेको बताएका हुन्।
प्रचण्डले आफूले लिएको बाटो गलत रहेको पुष्टि भए विप्लव नेकपाको पछि लाग्न तयार रहेको समेत बताए।
विप्लव नेकपाका नेता अनिल शर्मातर्फ फर्कदैं प्रचण्डले भने,‘१९ पृष्ठको प्रतिवेदन केपी ओलीविरुद्ध पेश गरेर मैले ‘बमवार्ड द हेडक्वार्टर’गरेकै हो। मैले लिएको बाटो गलत रहेको पुष्टि भए विप्लव नेकपाको पछि लाग्न तयार छु। शास्त्रार्थ गरौं। जसले जित्छ, त्यसैलाई मानौं।’
आफूले अझ थप गर्न खोज्दाखोज्दै पनि हिजोका सहयोद्धाले धेरै चिमोटेर उनको भनाई थियो। ‘मलाई धेरै चिमोट्ने काम भइरहेको छ। तपाईंहरुलाई लागेको होला सबैले यसले गुमाइदियो। त्यसको पुष्टि भए म तपाईंको पछि लाग्छु,’ उनले भने।
माओवादी आन्दोलनले ल्याएका उपलब्धीलाई के गरी ध्वस्त पारौं भनि भित्री तथा बाहिरी शक्ति लागेको आशंका गर्दै प्रचण्डले राष्ट्रिय स्वाधिनताको लडाई पुरा नभएको समेत बताए। उनले भने,‘अझै लड्न बाँकी छ भनेको त्यही नै हो।’
विप्लव नेकपामा नेता कार्यकर्ताको भाषा,बोली,तरिका आफ्नै जस्तो भएकाले उनीहरु पनि आफ्नै जस्तो लाग्ने उनले बताए।
प्रतिक्रिया