+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी, मन्त्रीहरु फिर्ता बोलाइने

4KNationalDaily
२०७७ फाल्गुन २७, बिहीबार ०८:१४ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा कानूनी लगायत प्रक्रिया मिलाउन प्रमुख सचेतक देव गुरुङ र वर्षामान पुनलाई जिम्मा दिइएको छ ।

स्थायी समिति सदस्य गणेश साहका अनुसार उनीहरुले यस विषयमा केन्द्रीय कमिटीमा राय दिनेछन् । १ गते बस्ने केन्द्रीय समिति वैठकले यस विषयमा निर्णय लिने उनले जानकारी दिए ।

पार्टीको निर्देशनपछि राजीनामा नदिने मन्त्रीलाई कारवाही गर्ने तयारी माओवादीले गरेको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ५ जना मन्त्री छन् ।

सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्यूँतिए पनि उनीहरु एमालेमै बस्ने भएपछि माओवादीले कारवाहीको तयारी गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र खानेपानी मन्त्री मणी थापा अहिले सरकारमा छन् । उनीहरुले आफ्नो पद गए पनि ओलीको साथ नछोड्ने बताइरहेका छन्

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily