+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले संसदीय दलमा भने- मसँग बहुमत छ, संसद फेस गर्छु

4KNationalDaily
२०७७ फाल्गुन २२, शनिबार १८:०१ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग नेकपाका बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता गरिए त्यसलाई फेस गर्ने बताएका छन्।

शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे शब्द समेत उच्चारण गरेनन्।

‘हामीसँग बहुमत सांसद हुनुहुन्छ। संसदमा म अविश्वासको प्रस्ताव फेस गर्छु, तपाइँहरू ढुक्कु हुनुस्, जित हाम्रै हुनेछ’ ओलीलाई उदृत गर्दै सांसद कृष्ण राईले भने, ‘प्रचण्ड–माधव पक्षहरु किस्तीमा प्रधानमन्त्री पद राखेर कांग्रेसलाई लिइदिनुपर्‍यो भनेर बिन्ति चढाइरहनुभएको छ। कानुनी रुपमा एउटै रहेको पार्टीका साथीहरूले के भनिरहनु भएको हो, मैले बुझेको छैन।’

प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमध्ये १७२ जना मतदान गर्न पाउँछन्। यस्तै, राष्ट्रिय सभामा नेकपामा ५० सांसदमध्ये ४९ जनाले मतदान गर्न पाउँछन्।

यसमध्ये प्रचण्ड-माधव पक्षले प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका २४ सांसद आफूसँग रहेको दाबी गरेको छ भने ओली पक्षले प्रतिनिधि सभाका ९१ र राष्ट्रिय सभाका २४ जना सांसद आफूसँग रहेको दाबी गरेको छ।

दुवै पक्षले दाबी गरेको संख्या अनुसार संघीय संसदमा भएका नेकपाका सांसद भन्दा ५ जना बढी देखिएका छन्। प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित र तुलसा थापा तथा राष्ट्रिय सभाका सदस्य वामदेव गाैतम नेकपाकाे दुवै पक्षमा खुलेका छैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily