+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँ कारागारमा दुई कैदी समूहबीच झडप, ६ घाइते

4KNationalDaily
२०७७ फाल्गुन १६, आईतवार २०:१८ बजे

तनहुँ- कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन ।

झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् ।

घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाडाैंबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए ।

घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ । घटनाको सम्बन्धमा तनहुँमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल र कारागार प्रशासनबीच छलफल भइरहेको छ ।

यद्यपि घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले कुनै सूचना दिएको छैन । ‘कारागारभित्र सामान्य विवाद भएको हो’, जिल्ला प्रशासन कार्यलय तनहुँका प्रवक्ता युवराज तिमिल्सेनाले भने, ‘कारागारभित्र त्यस्तो केही भएको छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily