गाेरखा- गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्र गुरूङकाे सरूवा भएकाे छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले फागुन महिनाबाटै लागू हुने गरी गुरूङसंगै १३ एसपीकाे सरुवा गरेका हुन्।
गोरखामा प्रधान कार्यालय प्रहरी महानिरीक्षककाे सचिवलाय काठमाडाैंका एसपी शेखर खनाल गाेरखा आउने भएका हुन् ।
एसपी गुरूङ गाेरखा गाेरखा बसाँइका क्रममा दशैं तथा तिहारकाे समयमा जुवाखालबाट बारामद गरेकाे रकम राजश्वमा जम्मा नगरेकाे भन्दै विवादमा तानिएका थिए ।
याे पनि
याेसंगै जिल्लाकाे सुरक्षा प्रमुखको आज नै सरूवा भएको छ । प्रमुख जिल्ला अधिकारी र साहय प्रमुख जिल्ला अधिकारीको समेत सरूवा भएको छ । सुरक्षा प्रमुखको सरूवालाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ । जिल्लामा गिट्टी ढुङगा तथा घाट गद्दी अहिलेसम्म नखोलेको भन्दै जिल्लाका क्रसर व्यवसाहि तथा दलालले एसपीको सरूवा गर्न खोजेका थिए ।
प्रतिक्रिया