+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोच्चले फैसला दिनै लाग्दा प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीचको आश्चर्यजनक भेटले उब्जाएका प्रश्न

4KNationalDaily
२०७७ फाल्गुन ११, मंगलवार ०८:५९ बजे

काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटले राजनीतिक वृत्तलाई तरंगित बनाएको छ । भेटलाई कतिले स्वाभाविक मानेका छन्, कतिले संशयको दृष्टिले अथ्र्याएका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले अहिले फैसला दिने तयारी गर्दै छ, तर पूर्वसन्ध्यामा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेट स्वाभाविक हो? धेरैले आशंका गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच सोमबार दिउँसो एक बजे सर्वोच्च अदालतमा भेट भएको दुवै निकायले पुष्टि गरेका छन् । तर, उनीहरूले सर्वोच्चको नयाँ भवन बनाउने जग्गाको विषयमा मात्र छलफल भएको जानकारी दिएका छन्।

सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले प्रधानन्यायाधीश र प्रधानसेनापतिबीचको भेटघाट औपचारिक भएको र सर्वोच्च अदालतले भवन बनाउन लागेको जग्गाको विषयमा सम्बन्धित भएको बताए । उनले भने, ‘यो सर्वोच्च अदालतले बोलाएको औपचारिक भेटघाट हो ।

सर्वोच्च अदालतले भवन बनाउन लागेको स्थानमा सेनाले आफ्ना संरचना समयमै नहटाउँदा ढिलाइ हुन सक्ने भएकाले सहयोग गरिदिन प्रधानसेनापतिलाई आग्रह गरिएको हो।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily