+
Search

ताजा अपडेट +

पपुलर +

भाजपाको योजना खुलासा, नेपालमा यही वेला साम्प्रदायिक गतिविधि

4KNationalDaily
२०७७ फाल्गुन ४, मंगलवार ०८:५९ बजे

काठमाडौं- भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन्? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै नेपालको विषयमा बोलेको विषयले धर्मनिरपेक्ष नेपाललाई चिन्तित बनाएको छ।

विप्लव देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ किन पनि गम्भीर छ भने भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ ।

यता, कोभिड महामारीका वेला एउटा पनि भेन्टिलेटर किन्न कञ्जुस्याइँ गरेको तथा खोपका लागि चन्दा उठाइरहेको सरकारले अहिले पशुपतिको शिवलिंगमा भने एक सय ४१ किलो सुनको जलारी चढाउने निर्णय यही वेला गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा भाजपाका तत्कालीन अध्यक्ष अमित शाह त्रिपुरा भ्रमणमा आउँदाको प्रसंग सार्वजनिक गरेका हुन् । उनले भने, ‘अमित शाह त्रिपुरा आउनुभएको थियो, हामी स्टेट गेस्टहाउसमा उहाँसँग कुरा गर्दै थियौँ । (भाजपा महासचिव) अजय जमवालले भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसंग उठाउनुभयो । जवाफमा अमित शाहले भन्नुभयो– श्रीलंका र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily