+
Search

ताजा अपडेट +

पपुलर +

भारतीय स्थल सेनाध्यक्ष भन्छन्– नेपालमा चिनियाँ लगानी बढ्यो, हामी हाईअलर्टमा छौँ

4KNationalDaily
२०७७ फाल्गुन १, शनिबार १८:१६ बजे

काठमाडाैं- नेपालका मानार्थ प्रधानसेनापति एवं भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपालमा चिनियाँ लगानी बढेको बताएका छन्।

असम राइफल्स एवं युनाइटेड सर्भिसेज इन्स्टिच्युटको वार्षिक कार्यक्रममा बोल्दै उनले नेपाल भारतको परम्परागत मित्र भएको तर पछिल्लो समय नेपालमा चीनले लगानी गरिरहेको बताए ।

नेपाल, भारत र चीनको समीकरणमा बढिरहेको उतारचढावलाई भारतीय सेनाले यसमा सजगतापूर्वक हेरेको र हाईअलर्ट रहेको उनले बताएका छन् । भुटान र बंगलादेशसँग भने भारतको सम्बन्ध मजबुत भएको उनको दाबी छ ।

चिनियाँ रवैयाका कारण भारतको भरोसा टुटेको उल्लेख गर्दै नरवणेले दुई देशको नियन्त्रण रेखा (एलएसी)मा चीनको बढ्दो हस्तक्षेपका कारण दुई देशबीच टकराव आएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily