गोरखा- गोरखामा मध्यराती कौडा खेलीरहेका १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार राती गोरखा नगरपालिका ४ पन्थेश्वाँरामा कौडा खेलीरहेका १२ जना जुवाडेलाई एक लाख ४६ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुुख एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।
‘चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढ्न सक्ने भएकाले त्यसलाई प्रतिबन्द गर्नका लागि बिशेष सुरक्षा योजनासहित टोटी परिचालन गरिरहेका छौँ’, उनले भने ।
कृष्णबहादुर खनखवासको घरमा कौडा खेलिरहेको अवस्थामा ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया