+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना माहामारी : लागुपदार्थ दुव्र्यसन

4KNationalDaily
२०७७ आश्विन २३, शुक्रबार ०६:०१ बजे

मानव समुदायलाई तहल्का पारिरहेको सबभन्दा विशाल र डरलाग्दो विषयवस्तु लागू पदार्थ हो । लागू पदार्थहरु मद्यपान र धुम्रपान भन्दा हजारौं गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धुम्रपानले त बरु केही वर्षमा गएर रोगहरु जन्माउँछन् भने लागू पदार्थहरुले तुरुन्तै असर गर्दछन् ।

यी पदार्थहरु यति खतराजनक छन् कि २/४ पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ । यी पदार्थहरुले रगत र शरीरमा यस्ता असरहरु छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जीउन सक्दैन । यी पदार्थको दुव्र्यसनीहरुले जब यी वस्तुहरु पाउँदैनन्, उनीहरु प्रायः अचेत हुन्छन् । तब उनीहरु यी पदार्थ पाउन जे जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् । यिनीहरु यी वस्तुको सेवन गरेर मुर्दाको रुपमा सुतिरहेका हुन्छन् ।

जब उनीहरु निद्राबाट बिउँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत हुन्छन् । स्म्याक, ब्राउन सुगर, एल.एस.डि. जस्ता कैयौं नामका लागू पदार्थहरु आजकल प्रयोगमा ल्याइएका छन् । यस्ता पदार्थहरु तरल र इनजेक्सनका रुपमा पनि प्रयोगमा ल्याइएका छन् । १९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरु पर्यटकको रुपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागूपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो ।

समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र वन्धनमुक्त हुने आसयले काठमाण्डौको मन्दिर, गल्ली र रेष्टुँरा, होटेलमा लागूपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरुको नैतिकता, धर्म संस्कृति माथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो ।

यसरी अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेश हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुव्र्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ । यस्तै दुव्र्यसनका कारणले गर्दा एच.आइ.भी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारी जस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बरबाद भएको देखिन्छ । भारतको सीमा क्षेत्रबाट विभिन्न तरिकाबाट बीरगञ्ज, जनकपुर, काकडभिट्टा, भैरहवा, बिराटनगर, धनगढी, नेपालगञ्ज आदि क्षेत्रबाट ब्राउन सुगर तथा अन्य लागू पदार्थ भित्रिने गरेको छ । साथै नेपालमै पनि विभिन्न क्षेत्रमा यसको उत्पादन हुने गरेको छ ।

यसको रोकथामको लागि उचित व्यवस्था नभएको व्यापक गुनासो छ । हाम्रो देशमा पनि थाहा पाउँदा नपाउँदै लागू पदार्थ सेवन गर्नेहरुको संख्या लाखौँ पुगिसकेको अनुमान गरिएको छ । साथै कोभिड–१९ माहामारीकोलकडाउनमा युवाहरुमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुव्र्यसनमा फस्ने एक ठूलो सम्भावना छ । अतः यस्तो सम्भावना बाट युवा जनशक्तिलाई बचाउनु पर्ने समेत ठुलो चुनौतिको रुपमा खडा भएको छ ।

मानिस चेतनशील प्राणी हो । उसको चेतनाले शरीरका सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । मानिसको जीवनमा घटनाक्रम सधैं एकनास रहदैंन । दुःख सुख, राम्रो नराम्रो, असल खराब जस्ता कुरा देखि लिएर सम्झने, विर्सने, जाडो, गर्मी, खराब, तातो, चिसो जस्ता कुराले मानिसलाई सधैं प्रभावित पार्दछ । यस्ता शारीरिक र मानसिक पीडा र कोभिड–१९ समेतको तनावलाई भुल्न तथा मुक्त गर्न लागुपदार्थ सेवन गर्ने गरेको पाईन्छ, जसले शरीरको कार्यमा नकरात्मक प्रभाव पार्दछ । यस अन्र्तगत धेरै वस्तुहरु पर्दछन् । जस्तैः अफिम, हेरोइन (स्म्याक, व्हाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेश, कोकिन इत्यादि । यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरु पनि धेरै औषधीहरु छन् ।

जो चक्की वा झोलमा हुन्छन् । तिनीहरुलाई “मनोद्धीपक औषधी” भनिएता पनि लागू पदार्थ नै हुन् । फरक यति मात्र हो कि यसको सेवन र कारोवार अवैध मानिदैंन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधी व्यवस्था विभाग र अधिकार प्राप्त सम्बन्धित डाक्टरको सिफारिस विना क्रमशः आयात, विक्रीको लागि राख्न तथा विरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ ।

त्यसकारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधीलाई नै लागू पदार्थ भनिन्छ । यी तथ्यहरुलाई हेरेर निष्कर्षमा के भन्न सकिन्छ भने लागू पदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठिने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुने जस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागू पदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन ।

हाम्रो देशमा एकातिर आमाबाबुहरुलाई बच्चा जन्माएर लालनपालन गरेर हातखुट्टा लगाई दिन यौटा ठूलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासीएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागू पदार्थको कुलतमा नफसुन् भन्ने सबभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थामा कोभिड–१९ को माहामारीले पनि मावन स्वास्थ्यमा नै कुप्रभाव परेको अवस्था छ ।

लागू पदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागू औषधी दुव्र्यसनीहरुमा यो रोग संक्रमणबाट क्षति न्यूनीकरण कार्यक्रम नेपालले हाल ल्याएको पाइन्छ । यस्ता कार्यक्रम अझ प्रभावकारी बनाउनु पर्ने हुन्छ नकि कागजी घोडामात्रको कार्यक्रमले वास्तविक रुपमा समस्या हल नभई निहित स्वार्थमा परिणत हुन सक्दछ ।

अतः नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा, राजनैतिक दल र तिनका भातृ संगठन, राष्ट्रसेवक, वास्तविक नेपाली जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आदि संग नेपाल सरकारले समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सके लागू औषधीको सेवनले मानवलाई सामाजिक, आर्थिक एवं मानसिक रुपमा नै अपाङ्ग बनाईरहेको अवस्थामा लागू औषधीको उत्पादन देखि बिक्री वितरण, ओसारपसार, दुरुपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मद्दत पुग्नेछ ।

र नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ । एकातिर कोभिड–१९ को माहामारी र कमजोर आर्थिक स्थितिको कारण प्राण धान्न धौ–धौ परेको बेलामा र मानव समाजलाई नै जनसंख्या र आर्थिक सन्तुलन कायम कायम गर्नु पर्ने जटिल परिस्थितिमा अर्कोतिर विध्वंशकारी धुम्रपान, मद्यपान र लागू पदार्थका असरहरु र तिनीहरुको परिणाम हामीले भोग्नु परेको छ । हाम्रो प्रयास मानवलाई बचाउने र स्वस्थ्य समाजको श्रृजना गराउने दिशातिर उन्मुख हुनुपर्दछ ।

त्यसैले जनचेतना र सदव्यवहार जस्ता हाम्रा संकल्प र प्रयासहरुले मात्र कोरोना माहामारीको व्यवस्थापनका साथै दुव्र्यसनमा रोक लगाउन सकिन्छ । खास गरेर कोरोना माहामारी र लागुपदार्थ दुव्र्यसनको नियन्त्रणको लागि सरकारी स्तरबाट, व्यक्तिको आर्थिक अवस्था उठाउन राष्ट्रिय शिक्षालाई सैद्धान्तिक मात्र नभएर व्यवहारिक तथा व्यवसायिक बनाउनु पर्छ भने गैर सरकारी संघ संस्थाहरुले पनि आफ्नो क्षमता अनुसार कोरोना माहमारी व्यवस्थापन गर्न सक्ने र लागू पदार्थ दुव्र्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरु सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नु पर्दछ ।

कोरोना माहामारी सँगै यो लतका कारण हाम्रा देशका हजारौँ युवाहरुको स्वास्थ्यमा समस्या पु¥याउनुको साथै विकराल स्थितिको सामना गर्नु पर्ने देखिन्छ । अतःसमयमानै कोरोना माहामारीको उचित व्यवस्थापन र उल्लेखित समस्याहरु समाधान लागि नेपाल सरकारले आवश्यक कानूनी रणनीतिको पालन गरी अघि बढ्नु अति आवश्यक भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily