+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको सुरक्षामा खटिएका ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण, टोली फेर्न सुरु

4KNationalDaily
२०७७ आश्विन १७, शनिबार १९:४९ बजे

काठमाडौं- प्रधानमन्त्री तथा प्रधानमन्त्री निवासको सुरक्षामा खटाइएको पाँच दर्जनभन्दा बढि सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि सुरक्षा निकायले उनीहरुलाई फिर्ता बोलाएको छ।

उनीहरुको ठाउँमा अन्य टोली पठाउन सुरु गरिसकेको छ। प्रधानमन्त्री निवास र सुरक्षामा खटाइएका ६० जनाभन्दा बढि सुरक्षाकर्मीमा शनिबार संक्रमण पुष्टि देखिएको हो।

‘प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका तर प्रधानमन्त्रीज्यूसँग प्रत्यक्ष सम्पर्कमा नभएका २८ जनामा कोरोना संक्रमण पुष्टि भएकोले वहाँहरुलाई बदली गर्ने कार्य भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने।

संक्रमण देखिएका अन्य सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरीका हुन्।

आजै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको थियाे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily